सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई मिटरको भौतिक दूरी कायम गर्ने गरी खुलाउन लागेको हो । यसका लागि कोषले सरकारको अनुमति पर्खेर बसेको छ ।

विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रमा गर्न भने पाइने छैन । मूल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।

Dirghayu Ads

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।

अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग रख्दै केही दिनअघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।- onlinekhabar

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.