सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दाद आउँनै नदिन वा आएपनि क्षणभरमा नै निको बनाउँन यो विधि अपनाउनुहोस्

काठमाडौ । सुन्दर देखिन कसलाई पो मन छैन र । मानिसलाई सुन्दर र आकर्षक बनाउँन छालाको महत्वपूर्ण भूमिका छ । हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।

दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुनसक्छ। घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो शरीरलाई अन्य नकारात्मक असर नपार्ने किसिमको हुन्छ।

आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ। यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।

छालामा हुने गोलो दाद ‘रिङ वर्म’.शरीर को त्वचा ९छाला० मा हुने दाद, खाज, खुजलीबाट सायद नै कोही व्यक्ति अपरिचित होला। जीवनमा एकपटक यो समस्या प्रायस्जसो सबैले भोगेको हुनुपर्छ। जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन। लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ।

Mahakali Polytechnic

कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन्।यस्तो हुन्छ ऐग्जिमा। यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ। चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दद् र एलोप्याथी या होमियोप्याथीमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ। दाद अंगुठीको आकारको जस्तो गोलो हुन्छ। जसमा खुजली भइरहन्छ ।

World Link Ads

यो रोग एक किसिमको सरुवा रोग हो। एकबाट अर्कामा फैलिने किसिमको रोग हो। यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ। जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आदिको प्रयोग गर्दछ। दाद धातुगत (कन्स्टिच्युसनल) रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ। अतः यस रोगलाई ठीक गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ। औषधिको सेवन गर्नाले दादका जीवाणुहरूले विकासका लागि उचित वातावरण पाउँदैनन्। जसले गर्दा जीवाणु स्वयं आफैं नष्ट भएर जान्छन् र रोग ठीक पनि हुन्छ।

Sana Kishan

चिलाइरहने दाद के हो र किन आउँछ? यस्ता छन् जोगिने उपाय

डा. रुपक घिमिरे, डर्म्याटोलोजिस्ट

धेरैले आफ्नो छालामा चिलाउने ‘दाद’ आएको भन्छन्। त्यसलाई दाद भनिए पनि त्यो ‘फंगल इन्फेक्सन’ अर्थात् छालामा ढुसी पर्नु हो। गर्मी मौसममा फंगल इन्फेक्सन बढी हुन्छ।

ढुसी कस्तो ठाउँमा पर्छ र कसरी पर्छ? धेरैलाई थाहा भएकै कुरा हो। बासी खानामा, ओसिलो ठाउँमा ढुसी पर्ने हो। प्रायः घर वा कोठाको कुनातिर ढुसी परेको देखिन्छ। मान्छेमा पनि यही नियम लागू हुने हो। जहाँ धेरै ओसिलो ठाउँ हुन्छ, सुरुमा त्यहीँ ढुसी पलाउँछ। विस्तारै चिलाउँछ र कन्याउने क्रममा शरीरका अन्य भागमा पनि सर्छ। सुरुमा काखी, काछ, औँलाको काप आदिमा ढुसी पर्छ। यसलाई मेडिकल भाषामा ‘डम्र्याटोफाइसिस’ भनिन्छ। खासगरी, छालाको सतहमा रहेका मृत कोषमा ढुसी पलाउँछ । त्यसैले यसलाई ‘सुपरफिसियल फंगस’ पनि भनिन्छ।

आफू सफासुग्घर रहँदारहँदै पनि कहिलेकाहीँ यस्ता समस्याबाट पीडित भएको गुनासो सुन्ने गरिन्छ। यो अरुबाट सरेर आएको हुन सक्छ। यस्तो चिलाउने ढुसी माटो, जनावर र अरु व्यक्तिबाट सर्ने गरेको पाइन्छ। गाउँघरमा धेरै मानिस जनावरबाट सरेको दादले पीडित हुन्छन्। त्यसैले कतिपयले यस्ता दादलाई ‘भैँसे दाद’ पनि भनेको सुनिएको छ।

साथीहरुसँग लुगा साटेर लगाउँदा, एउटै तौलियाको प्रयोग गर्दा वा परिवारका अन्य सदस्यबाट पनि दाद सर्न सक्छ।

कुन–कुन ठाउँमा हुन्छ दाद?

दाद शरीरको जुनसुकै भागमा आउन सक्छ, टाउकोदेखि पैतालासम्मै। तर, टाउकोमा २ देखि १२ वर्षको उमेरसम्म मात्रै आउँछ। त्यसपछि किशोरावस्थामा मान्छेको शरीरमा उत्पन्न हुने ‘लिनेनिक एसिड’ले टाउकोमा यस्ता दाद आउन दिँदैन।

कतिपयको घाँटीमा, कतिको जिउतिर, कतिको नङमा र कतिको शरीरका जुनसुकै भागमा दाद देखिन्छ। दादको आकार ‘रिङ’ जस्तो हुन्छ। पैसा जस्तो बीचमा खाली र किनारमा खस्रोफुस्रो हुन्छ।

यस्तो समस्या महिलामा भन्दा पुरुषमा बढी देखापर्छ। किनभने महिलाहरु सरसफाइमा बढी ध्यान स्वभावका हुन्छन्। बाहिरतिर बढी निस्किरहने तर सरसफाइमा कम ध्यान दिने स्वभावका पुरुषलाई दादले सताउँछ।

भ्रम र उपचार

दाद आएपछि यसको औषधि जथाभावी प्रयोग गरिन्छ। जसका कारण समस्या निर्मूल हुनेभन्दा पनि बल्झिने गरेको भेटिन्छ। धेरैले दाद त हो, ठीक भइहाल्छ भनेर वास्ता गर्दैनन्। कतिपयले चाहिँ चिकित्सकको सल्लाहबिना आफैँ औषधि किनेर प्रयोग गर्छन्। यी दुवै कुरा ठीक होइनन्।

औषधि प्रयोग गर्ने धेरैलाई थाहा होला, मेडिकलवालाले ‘क्लोबिन जी’ नामक औषधि दिइरहेका हुन्छन्। यसमा चारवटा औषधि मिसिएको हुन्छ। एउटाले काम नगरे अर्कोले त गर्ला भनेर यस्तो गरिएको हो। जसलाई अँध्यारोमा ढुंगा हानेजस्तो मान्न सकिन्छ। यसमा चिलाउन रोक्ने तत्व हुने भएकाले चिलाउने समस्या कम हुन्छ तर पछि फेरि बल्झिन्छ।

यसैगरी, दाद आएपछि धेरैले साबुन चलाउनु हुँदैन भन्ने सल्लाह दिएको पाइन्छ। यो सरासर गलत हो। सामान्य हिसाबले हेर्दा पनि साबुनले धोएर राखेको लुगामा ढुसी पर्ने सम्भावना कम हुन्छ। त्यसैगरी मान्छेको ज्यानमा पनि साबुनले सफा गर्दा ढुसी पर्ने सम्भावना कम हुने हो।

जोगिने कसरी?

दाद के कारण आएको हो भन्ने थाहा पाएपछि जोगिने उपाय लगभग थाहा भइसक्छ। दादलाई नियमित सरसफाइ गर्ने र सुख्खा राख्ने गर्नुपर्छ। नाइलन मिसिएका कपडाको प्रयोग कम गर्नुपर्छ। जसले पसिना धेरै निकाल्ने गर्छ र शरीर ओसिलो बनाइराख्छ।

यसैगरी, धेरैजसोको बाथरुम वा कोठाभित्र भित्री लुगा सुकाउने बानी हुन्छ। यसले गर्दा पनि फंगल इन्फेक्सन हुने गर्छ। त्यसैले लुगा घाम लाग्ने वा प्रसस्त हावा चल्ने ठाउँमा सुकाउँदा राम्रो।

कतिपयले उपचार गरे पनि बल्झिरहन्छ भनेर गुनासो गर्छन्। यो छालाको रुघाखोकी जस्तै हो। त्यसैले दाद बल्झिरहन सक्छ। तत्काल निको गर्न चिकित्सककहाँ पुगे पनि फेरि बल्झिन नदिन आफैँले सरसफाइमा ख्याल गर्नुपर्छ।
पाठक पत्र बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds