सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा हात्तिपाईले औषधि खुवाउन तयारी तिव्र

महेन्द्रनगर १७ माघ ।

कञ्चनपुरको वेदकोट नगरपालिकाले छैठौँ चरण अन्र्तगत माघ २५ गतेदेखि खुवाईने हात्तिपाईले विरुद्धको औषधि खुवाउन तयारी तिव्र रुपमा अगाडी बढाएको छ ।
शुक्रबार नगरपालिकाले नगर स्तरिय योजना तथा वहुनिकाय गोष्ठी आयोजना गरि यस्तो जानकारी दिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाकी संयोजक हरिषा पालले आउँदो माघ २५ गतेबाट खुवाईने हात्तिपाईते औषधि विरतणका लागि तयारी सुरु भएको बताए । उनका अनुसार नगरपालिकाले नगरवासिलाई हात्तिपाईतेको जोखिमबाट बचाउन औषधि खुवाईन लागिएको हो । नगरपालिकाले औषधि खुवाउन ३४ जना स्वास्थ्यकर्मीलाई परिचालन गरिने जनाएको छ ।

त्यस्तै स्वास्थ्य शाखाका शिद्धराज भट्टले गत वर्ष नगपालिका भरिमा ८२ प्रतिशत नगरवासिले औषधि सेवन गरेको बताए । उनका अनुसार सम्पुर्ण नगरवासिलाई औषधि खुवाईने उद्देश्यकासाथ तयारी थालिएको बताए । नगरपालिकाले विभिन्न वडा स्तरीय छलफल, स्वास्थ्यकर्मीलाई तालिक तथा प्रचारप्रसारमा समेत जोड दिएको छ । वेदकोटमा ५३ हजार छ सय ५३ जनालाई हात्तिपाईले विरुद्धको औषधि खुवाईने छ ।
२०२० सम्ममा नेपालबाट हात्तिपाईले उन्मुलन गर्ने सरकारी योजनाकासाथ नगरपालिकाले काम थालेको हो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds