सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

११ लाख क्षतीपुर्ती तिर्दै छुटे चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जना

चितवन । गत कात्तिकमा उपचारको क्रममा डाक्टरको लापरबाहीले गर्दा आफ्ना बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् ।

पक्राउ परेका प्रत्येकले एक एक लाख क्षतिपूर्ति तिर्नुपर्नेछ । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरको थियो ।

उनीहरुविरूद्ध अभद्र व्यवहारमा चितवन प्रहरीले मुद्दा चलाएको थियो ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरु ५५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् ।

Mahakali Polytechnic

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अभियोग पुष्टि भए १० हजार जरिवाना र एक बर्ष जेल बस्नुपर्ने बताए ।

World Link Ads

नवलपुर मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएको थियो ।

Sana Kishan

नाकमा समस्या भएर उपचार गर्न आएकी ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुका आफन्तले कलेजको मूल गेट, आईसीयू, सीसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds