सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्पतालमा सामाजिक विकासमन्त्री सुवेदी र राज्यमन्त्री रावलकोे संयुक्त अनुगमन

मदन गिरी
महेन्द्रनगर २५ असार ।

महाकाली अञ्चल अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले संयुक्त रुपमा अनुगमन गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताको उद्धघाटन गर्न महेन्द्रनगर पुगेका मन्त्री सुवेदी र राज्यमन्त्री रावलले संयुक्त रुपमा अस्पतालका अनुगमन गरे ।

अस्पताल सुधारका लागी गठित नागरिक सरोकार समुहको पहलमा मन्त्रीद्धारा अनुगमन गरिएको समाजसेवी लिलाध्वोज बस्नेतले बताए । बस्नेतको नेतृत्वमा नागरिक सरोकार समुहले पछिल्लो समय सक्रिय रुपमा अस्पताल सुधार कार्य गर्दैँ आएको छ । मन्त्री सुवेदी र राज्यमन्त्री रावलले उपकरण खरिद लगायन अस्पतालमा निर्माणधिन संरचनाको अनुगमन गरे ।

अनुगमनका क्रममा असपतालले निर्माण गरिरहेको बिरामी प्रतिक्षालय(कुरुवा घर) मापदण्ड विपरित पाईएको राज्यमन्त्री रावलले बताए । उनका अनुसार निर्माणधिन कुरुवा घर बिना पिलर निर्माण भईरकाले गुणस्तरीय काम गर्न निर्माण पक्षलाई निर्देशन दिईएको छ । प्रतिक्षालय निर्माणको जिम्मा पाएको रक्षा निर्माण सेवाले बिना पिलर कमशल खालका निर्माण सामाग्री प्रयोग गरेर संरचना तयार गरिहेको छ ।

Mahakali Polytechnic

‘गुण स्तरहीन संरचना निर्माण कार्य रोक्न भनेका छौँ, ठेकेदार र ईन्जिनियरलाई बोलाएर गुणस्तरीय काम गर्न निर्देशन दिन्छौँ’ राज्यमन्त्री रावलले भने ।
त्यस्तै राज्यमन्त्री रावलले आगमी आर्थिक वर्षमा महाकाली अञ्चल अस्पतालका लागी उपकरण खरिद र संरचना निर्माणका लागी १० करोड बढी बजेट विनियोजन गरिएको बताउँदै बजेटको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

World Link Ads

महाकाली अञ्चल अस्पतालमा लामो समय देखि विकास समिती गठन नहुदाँ लथालिङ्ग बनेको सरोकारवालाको भनाई रहेको छ । अस्पताल विकास समिति असार भित्रमा नै गठन गरिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताए । अस्पताल अनुगमनपछि मन्त्री सुवेदीले विकास समिति चाडैँ गठन गरि संस्थागत सुदृढिकरण तथा प्रभावकारी सेवा सम्पादनमा जोड दिईने बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds