सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेटर पनि बनिन् सोनम

मुम्बई : बलिउडमा सोनम कपुरको बेग्लै पहिचान छ। उनको युनिक स्टाइल र फेसनेबल लुक्सको सबैले तारिफ गर्छन्। प्रेम रतन धन पायो, सञ्जु, खुवसुरतलगायतका फिल्ममा उनले आफ्नो अब्बल भूमिका निभाइसकेकी छन्।

उनी फिल्मी खानदानकै छोरी हुन्। तर पनि फिल्ममा आउन उनलाई खासै रहर थिएन। नायिका बन्नुअघि उनले सञ्जयलीला भन्सालीको ब्ल्याक चलचित्रमा सहनिर्देशक भएर काम गरेकी थिइन्। भन्सालीले सँगै काम गर्दा नै सोनमभित्र रहेको अभिनय क्षमता चिन्ने मौका पाए फलस्वरूप सोनमलाई चलचित्र खेल्न आग्रह गरे।

Sana Kishan

भन्सालीको आग्रहको करिब डेढ वर्षपछि मात्रै उनले सावरिया फिल्म खेल्न स्विकार गरिन्। उक्त फिल्ममा सोनम रणवीर कपुरको अपोजिटमा थिइन्।

World Link Ads
Mahakali Polytechnic

सोनम कलेज पढ्दादेखि नै आफैं काम गर्न मन पराउँथिन्। आफ्नो व्यक्तिगत खर्चका लागि घरमा पैसा माग्न उनी अप्ठ्यारो मान्थिन्। यसैले एउटा रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन्। वेटरका रूपमा काम गर्दै कलेज पढेकी सोनम अहिले पनि केही न केही काममा अल्झिरहेकी हुन्छिन्। जुन ९ गते ३४ औं जन्मदिन मनाउने तयारीमा रहेकी कपुर कुशल नृत्यांगना हुन्। उनले इन्डियन क्लासिकल डान्सको तालिम लिएकी छन्। गत वर्ष व्यवसायी आनन्द अहुजासँग विवाह गरेकी कपुर सोसल मिडियामा निकै सक्रिय छिन्। आफ्ना भनाइ सीधा सीधा राख्ने गर्छिन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.