सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पानी खान नपाएपछि आत्महत्याको अनुमति माग गर्दै मोदीलाई पत्र

एजेन्सी
बरेली : भारतको उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन्। खानेपानीबाट पीडित भएपछि उनले पत्र लेखेको बताएका छन्। उनले थोपा थोपा पानीका लागि तड्पिनुभन्दा आत्महत्या गर्नु राम्रो ठानेको बताएका छन्।

हाथरस जिल्लाको हासयान ब्लकमा बस्दै आएका चन्द्रपाल सिंहले नुनिलो पानी खान सम्भव नभएको बताएका छन्। खेतीकिसानी गर्दै आएका उनले आफ्नो क्षेत्रमा नुनिलो पानी मात्र पाएको बताएका छन्। यसका लागि उनले सरकारी अधिकारीलाई भेटेको तर सुनुवाइ नभएको स्पष्ट पारेका छन्।

Sana Kishan

सिंहले भने, ‘हामी यो पानी खान सक्दैनौं। मेरा छोरी पनि यो पानी खाएपछि बान्ता गर्न थाल्छन्। पानीमा नुनको मात्रा अत्यधिक भएका कारण बालीनाली पनि बर्बाद भएको छ।’

World Link Ads

बोतलको पानी किनेर खुवाउन सक्ने आफ्नो हैसियत नभएको उनले दाबी गरेका छन्। आफ्नो पीडा सरकारी अधिकारीलाई बताए पनि सुनुवाइ नभएको बताउँदै उनले भने, ‘मैले प्रधानमन्त्रीसँग आफू र आफ्ना छोरीको जीवन अन्त्य गर्ने अनुमति मागेको छु।’

उनका छिमेकीले पनि यस्तै दर्दनाक अवस्था रहेको बताएका छन्। स्थानीय बासिन्दा राकेश कुमारले भने, ‘पानी यति धेरै नुनिलो छ कि जनावरले पनि यो पानी खान मान्दैनन्। खान योग्य पानी लिन तीनचार किलोमिटर पैदल जानुपर्छ।’ त्यस क्षेत्रका सम्बद्ध अधिकारीले यस्तो समस्याको जानकारी नभएको भन्दै जवाफ दिएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close