सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जसले आफूभन्दा कान्छो श्रीमान बनाए : ऐश्वर्या रायदेखि प्रियंका चोपडासम्म

नयाँदिल्ली : विवाहको लागि सामान्यतः केटा भन्दा केटी कम उमेरको हुनुपर्ने पुरुषसत्तात्मक समाजको मान्यता छ । त्यसो त, वैज्ञानिक हिसावले पनि विवाहको लागि पुरुष केही बढी उमेरको हुनु उपयुक्त ठहरिन्छ । यहाँ केही त्यस्ता जोडीको बारेमा चर्चा गरिएको छ, जो पुरुष भन्दा महिला बढी उमेरका छन् । तिनै आफूभन्दा कम उमेरका श्रीमान बनाउने बलिउडकर्मी महिलाको बारेमा यहाँ चर्चा गरिएको छ ।

अर्जुन कपुर–मलैका अरोरा : बलिउड अभिनेता अर्जुन कपुर फिल्ममा व्यस्त नभए पनि अचेल ‘लभ अफेयर्स’मा भने व्यस्त नै छन् । सँगै हरेक साता झैँ उनको गस्सिप आउने क्रम जारी छ । मुख्य कारण हुन् अभिनेत्री मलैका अरोरा । विवाहित मलैका अर्जुनसँग सम्बन्धमा रहेको कुरा लगभग सार्वजनिक नै भइसकेको छ । रोचक त उनीहरुको उमेरको विषयलाई लिएर धेरै गस्सिप बनिसकेका छन् । ३४ वर्षे अर्जुन आफूभन्दा ९ वर्ष जेठी अर्थात् ४३ वर्षीया अभिनेत्रीसँग प्रेममा मात्रै छैनन्, उनीहरु विवाहको तयारीमा समेत रहेको कुरा भारतीय सञ्चारमाध्यम जनाउँछन् ।

World Link Ads
Mahakali Polytechnic

शिरिष कुन्दर–फराह खान : कोरिओग्राफर तथा फिल्ममेकर फराह खानले पनि आफूभन्दा ८ वर्ष कान्छा युवाकसँग विवाह गरिन् । शिरिष र फराहले २००४ मा विवाह गरेका थिए । उनीहरुले दुई छोरी जन्माइसकेका छन् । उनीहरुको ‘मे हुँ ना’मा पहिलो पटक भेट भएको थियो ।

Dirghayu Ads

प्रियंका चोपडा–निक जोन्स : बलिउड अभिनेत्री प्रियंका चोपडा विवाह गर्न अमेरिका पुगिन् । उनका श्रीमान निक नयाँ पुस्ताका स्थापित गायक हुन् । जो प्रियंका भन्दा १० वर्ष कम उमेरका छन् । उनीहरुले विवाह गरेको केही महिना मात्रै भएको छ ।

Sana Kishan

सैफ अली खान–अमृता सिंह : सैफ अली अमृताभन्दा १२ वर्ष कान्छा छन् । यद्यपि सैफ र अमृताबीच पारपाचुके भइसकेका छन् । १९९१ मा विवाह गरेको यो जोडी विवाहको १३ वर्षपछि अलग भयो । अन्ततः सैफले अभिनेत्री करिना कपुरसँग विवाह गरे । करिनासँग पनि उनले दुई सन्तान जन्माइसकेका छन् ।

फराह अख्तर–अधुना भवानी : फराह पनि पत्नी भन्दा ६ वर्ष कम उमेरका छन् । फिल्म ‘दिल चाहता है’ को लागि स्क्रिप्ट लेख्ने क्रममा फराहले अधुनालाई भेटेका थिए । र २००० मा उनीहरुले विवाह गरे । दुई छोरीलाई जन्म पनि दिए । तर अहिले भने उनीहरु अलग भइसकेका छन् ।

अभिषेक बच्चन–ऐश्वर्या राय : अभिषेकले पनि आफूभन्दा २ वर्ष जेठी ऐश्वर्यासँग विवाह गरेका हुन् । २००७ मा विवाह गरेका उनीहरुले एक छोरी जन्माएका छन् ।

करण सिंह ग्रोवर–विपाशा वशु : विपाशा पनि आफ्ना श्रीमान भन्दा तीन वर्ष जेठी छन् । २०१५ मा अभिनयकै शिलशिलामा भेटेका उनीहरुले २०१६ मा विवाह गरेका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.