सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घर भत्केको सुचिमा नाम नपरेपछि गाउँपालिकामा तालाबन्दी गर्न पुगे पीडित

घर निर्माणको सुचिमा नाम छुटेपछि हावाहुरी प्रभावित पीडित महिलाहरु बाराको फेटा गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न पुग्दा सोमबार झडप भएको छ ।

फेटा गाँउपालिका १ भरवलियाका हावाहुरी पीडित महिलाहरु गाँउपालिमा तालाबन्दी गर्न समुह बनाएर पुगेका थिए ।
गत चैत १७ गते आएको हावाहुरी पीडितलाई सरकारले घर बनाइदिने भनेको थियो । घर निर्माण गर्ने सूचीमा नाम नसमेटेको भन्दै आन्दोलित भएर उनीहरु तालाबन्दी गर्न गाउँपालिका पुगेका हुन् ।

Sana Kishan

तालाबन्दी गर्न खोज्दा गाँउपालिका अध्यक्ष समर्थकले रोक्न खोजेपछि झडप भएको हो । दोहोरो झडप हुन थालेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरि रोकेका थिए ।

World Link Ads

फरक राजनीतिक आस्था राख्नेलाई वडाध्यक्ष र गाउँपालिका अध्यक्षले घर निर्माणको सूचीमा सिफारिश नगरेको स्थानीय मिना देवीले आरोप लगाईन । गाँउपालिकाका अध्यक्षले आफना निकटलाई मात्र घर बनाउनका लागी सिफारीस गरेको आरोप पीडितहरुको छ । स्थानीय विगनी देवी, फुलवा देवी, गीता देवीलगायतका सय भन्दा बढी पीडितहरु अझै पाल र भत्केको घरमा बसिरहेका छन् ।

पहिला सबैको नाम पूर्ण क्षति भएको सूचीमा उल्लेख भएपनि गृह मन्त्रालयबाट आएको सुचीमा सय जनाको नाम हटाइएको पीडित मीना देवीले बताइन् । घर भत्केर खुल्ला आकासमा सुत्नु पर्दा पनि राज्ले नदेखेपछि गाउँपालिकामा तालाबन्दी गर्न गएको उनको भनाई छ । -नयाँ पत्रिका

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close