सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

धनगढी : घोडाघोडी नगरपालिकामा-१० पहलमानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार दिउँसो पश्चिमबाट पूर्व आउँदै गरेको से ३ प ६३३४ नम्बरको मोटरसाइकल रोड छेउमा रहेको पिल्लरमा ठोक्किदा घोडाघोडी नगरपालिका ८ का २१ वर्षीय दिनेश टमाटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

Sana Kishan

त्यस्तै सोही दुर्घटनामा घाइते हुनेमा गौरीगंगा नगरपालिका-११ का ४० वर्षीय कर्ण कामी रहेको प्रहरीले जनाएको छ। घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close