सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा आगलागी कृत्रिम नमुना अभ्यास

महेन्द्रनगर–जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा शनिवार आगलागी कृत्रिम नमुना अभ्यास गरिएको छ । महेन्द्रनगरको स्थानीय लिटिल बुद्ध एकेडेमीको मैदानमा आगलागी कृत्रिम नमुना अभ्यास गरिएको हो ।
सुख्खायाममा आगलागगीका घटना धेरै हुने भएकाले यसबाट कसरी बच्न सकिन्छ भनी ‘डेमो’ प्रस्तुत गरिएको छ । महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीको मैदानमा बनाइएका साना–साना २÷३ छाप्रोमा आगलागी भएको दृष्य तयार गरि त्यसको नियन्त्रण, व्यवस्थापन र घाइतेको उद्दार उपचार र राहात वितरण गरिएको हो ।

Sana Kishan

नमुना अभ्यास प्रदर्शनीमा सेनाको स्थानीय गण–गुल्म, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विपत् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.