सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४२ डिग्री गर्मीमा कैलालीमा पानीको अभाव

असार २, २०७६ सोमबार
कैलाली – गोदावरी नगरपालिकाको ओलानी क्षेत्रमा खानेपानीको अभाव भएको छ । केहीदिनदेखि बढ्दो तापक्रम र खानेपानीको अभाव हुँदा यहाँका स्थानीय झन् समस्यामा परेका छन् ।

Sana Kishan

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका गोदावरी नगरपालिका-१०, ११ र १२ का स्थानीयवासी खानेपानी नपाएर ४२ डिग्रीको गर्मीमा आकुल व्याकुल भएका छन् ।

वषौँदेखि कुवा र ट्युबेलको पानी उपभोग गर्दै आएका तीन वटै वडाका बासिन्दा गर्मीको समयमा कुवा र ट्युबेलको पानी सुक्दै गएपछि समस्यामा परेका छन् । वडाहरुका केही स्थानमा बोरिङ गरेर खानेपानीको व्यवस्थापन गरिएको भए पनि त्यो पर्याप्त भएको छैन ।
वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीले वडा वासीहरुको समस्या समाधानका लागि बोरिङ गर्न लागिरहेको बताउनुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.