सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्दिरको हरेक टुडालमा किन कुदिन्छ अस्लिल यौनजन्य कला ? यस्तो छ रहस्य – सबैको कौतुहलताको जवाफ पढ्नुहोस

तपाई मन्दिरतिर जाँदा माथि तिर आँखा लगाउनु भएको छ ? लगाउनुभएको छ भने नेपाली शैलीका मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन एक विशेष काठको प्रयोग नदेख्ने कुरै भएन । त्यसैलाई टुडाल भनिन्छ ्रतर, टुडालमा जे देख्नुहुन्छ त्यसले भने तपाईलाई आश्चर्य लाग्न सक्छ । खासमा टुडालको एकमात्र उद्देश्य छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका यौ‘न दृश्य भने सबैलाई आश्चर्य लाग्न सक्छ । प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो ? यो सबैको चासोको विषय हो । सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरुप मानियो ।

कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिएजसरी मूर्ति कुद्न थालियो । त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।

मन्दिरको टुडालमा यौनजन्य कला किन कुदिन्छन ?

World Link Ads

१ – मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन भन्ने लोकविश्वास छ ।
२ – तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरुमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरु संसारिक जीवन त्यागेर भिक्षु र जोगी बन्न थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढेकाले त्यसपछि यस्ता चित्र देखाएर मानिसहरुलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरुमा यस्ता कला कुद्न थालिएको मान्यता छ ।

३ – मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन टुडालमा कामुक कला कुदिएका मानिन्छ ।
४ – एक पल्ट पन्धैं शताब्दीतिर मल्लकालिन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् ।
उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । तर, राजा भेष बदलेर देश भ्रममा निस्केका छन्, जनताको दुःखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा रहेछन् ।

राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबारभित्र अनेक प्रकारका विकृृतिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक थियो । दरबारभित्रको चतिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्यापक हुन थालेछ । दरबार दिउसै यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीचपनि फैलाउँदै लगेछन ।

दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।
लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्ण उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ ।
अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ ।

त्यसपछि कलाकारहरुले आ–आफ्ना कलालाई यौनसौन्दर्य्तिर मोडेछन । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।

Sana Kishan

मन्दिरका टुडालबारे कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट लिईएको प्रसंग

१ – धेरै वर्ष अघिका राजा शिवदेव भन्नेले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई मानिसको बलि चढाउन थाले । यो मानवबलिको परम्पराले समाजमा ठुलै हाहाकार भयो ।

हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथरि हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।

बलि आतङकका कारण शरीरमा चोट पार्नकालागि जानीजानी एक टोल र अर्को टोलका बिचमा ढुङगा हानाहान गर्ने र एक अर्काका टाउका फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछ ।

तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाल्दारहेछन । नरबलिका डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र महिलाहरुलाई हातपात गरेछन । बलिमा परिने डरले घर छोडेर हिडेका कैयौं पुरुषहरु नफर्केपछि महिलाहरुको संख्या राज्यमा बढेर गएछ ।
पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै बन्दै गएको त्यहि संभोगशैली बिस्तारै टुडालहरुमा देखिन थालेको भनिन्छ ।

२ – त्यस्तै राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक अतयोनि कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलियो ।

कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ ।
अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक

रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ ।
कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन ।

समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाएछन । आखिर जसको मत जे भए पनि यस्ता चित्रलाई पनि त्यतिबेलाको समाजले सहजै स्वीकारेको थियो
indreninews.com बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close