सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ बैतडी रिममा रहेको महारुद्र मन्दिरको एतिहासिक पृष्ठभुमि

। बैतडी । सुन्दर सुदुरपश्चिमको बैतडी जिल्ला दोगडाकेदार गाउपालिका १ रिममा रहेको आफ्नै छुट्टै यतिहासिक तथा धार्मिक महत्वको महारुद्र देउताको मन्दिर भौगौलिक बिकटता र प्रचार प्रसारको अभाबले आझेलमा परेको छ । अत्यन्तै रमणीय अनि मनमोहक ठाउ तर भौगौलिक बिकटता र प्रचार प्रसारको अभाबले आझेलमा परेको हो ।

लभगभ १३ औं शताब्दीतिर एउटा दलित समुदायको किसानले हलो जोत्दा महारुद्र देउता भेटाएको किंमदन्ती छ । त्यस पछि यही ठाउमा महारुद्र देउताको स्थापना गरेको मानिन्छ । डोटी राज्यका राजा नागी मल्लले अजयमेरुकोटबाट डोटी राज्य भरिका देउताहरुको परिक्षा लिन सुरु गरे । परिक्षा लिने क्रममा राजा नागी मल्ल यो ठाउमा आईपुगे र महारुद्र मन्दिरको परिक्षा लिन हाल मन्दिर रहेको ठाउको माथि भकौती भन्ने ठाउबाट आफ्नो दुई नाले बन्दुकबाट गोली प्रहार गर्न खोज्दा बन्दुकको एक नालबाट दुधै दुध र अर्को नालबाट फुलै फुल निस्केको किंमदन्ती रहेको स्थानिय शिक्षक शिबदत्त जोशीले बताए ।

राजा नागी मल्लले गोली प्रहार गर्न खोज्दा बन्दुकको एक नालबाट दुधै दुध र अर्को नालबाट फुलै फुल निस्के पछि राजा नागी मल्ल अच्चमित भए । महारुद्र देउता निकै शक्तिशाली कहलिए । त्यस पछि राजा जागी मल्लले महारुद्र देउताको कदर गर्दै एकै रातमा आफना सेनाहरु परिचालन गरि एकै रातमा सिङगो मन्दिर निर्माण गरेको ईतिहास जिबन्त छ । शिबरुपी धामको रुपमा रहेको महारुद्र मन्दिर पुरातात्व बिभागमा पनी दर्ता रहेको छ । महारुद्र मन्दिर निर्माणमा प्रयोग भएका ढुङगाहरु र अरु निर्माण सामाग्रीहरु पनी आश्र्चय लाग्दा छन । यस्तो अलौकिक शक्ती भएको महारुद्र मन्दिर पर्यटकिय स्थलका रुपमा बिकास गर्न सक्यो भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित गर्न सकिने कुरामा दूई मत छैन । हाल आएर स्थानियहरुले यो माग पनी उठाउन थालेका छन ।

आफ्नै छुट्टै यतिहासिक महत्व बोकेको महारुद्र मन्दिरको संरक्षण , संर्बद्धन र प्रसार प्रचार गर्ने र यसलाई सबै सामु चिनाउने जिम्मेबारी युवा पुस्ताको काधमा आएको छ ।यस्ता ईतिहासिक महत्वका कुराहरुमा स्थानिय , प्रदेश र केन्द्रिय गरी सबै तहका सरकारले पनी ध्यान दिनु पर्ने आबश्यक देखिन्छ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds