सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभाव,

कम्तीमा ४० प्रकारका औषधि हुनुपर्नेमा पाँच मात्रै

सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।

सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर, महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् । मुडभरीका अनुसार अहिले सिंहदरबारमा सिटामोल, एन्टिबायोटिक्स, बान्ता रोक्ने ओन्डेम, डायबिटिजका बिरामीलाई दिइने मेटफर्मिन, ग्यास्ट्रिक, प्रेसर, कोलेस्ट्रोल, एलर्जीका औषधि तथा कान र आँखामा हालिने ड्रप पनि अभाव छ ।

जिंक चक्की, जीवनजल, मेन्ट्रोनिडाजोल र सलाइन मात्रै पर्याप्त छ । औषधि माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाँचपटक परिपत्र गरे पनि औषधि नआएको मुडभरीले बताए । ‘प्रधानमन्त्री कार्यालयले पनि दुईपटक स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक औषधि उपलब्ध गराउन पत्राचार गरेको छ,’ मुडभरी भन्छन्, ‘तर, मन्त्रालयले त्यसको सुनुवाइ गरेको छैन ।’ सिंहदरबारभित्रै अत्यावश्यक औषधि अभाव हुनुले स्वास्थ्य मन्त्रालयले दिने स्वास्थ्य सेवाप्रति नै प्रश्न उब्जिएको कर्मचारीको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic

कतिले लिए सेवा

Dirghayu Ads
Sana Kishan

हेल्थ डेस्कबाट ०७५ चैत मसान्तसम्म २७ सयले सेवा लिएका छन् । वीर, गंगालाल अस्पतालका विशेषज्ञ चिकित्सकको उपस्थितिमा हुने सेवामा दैनिक ५० जनासम्म कर्मचारी आउने गरेको मुडभरी बताउँछन् । यहाँ एक डाक्टर, एक वरिष्ठ स्वास्थ्यकर्मी र एक नर्स खटिएका छन् । जनशक्ति वीर अस्पतालले र औषधि उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने सहमति भएको थियो । कर्मचारीहरूमा टाउको दुख्ने, आँखा दुख्नेजस्ता समस्या धेरै देखिएको छ । महिलामा टाउको दुख्ने, आँखा दुख्ने, ढाड दुख्ने र ग्यास्ट्रिकको समस्या तथा पुरुषमा उच्च रत्तचाप, ब्लड सुगर, ग्यास्ट्रिक र टाउको दुखाइको समस्या बढी देखिएको मुडभरीले बताए ।

वीर अस्पतालका साथीहरूले बुरा बुझेनन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्ररमण सिंहले वीर अस्पताल प्रशासनले कुरा नबुझ्दा समस्या आएको बताए । स्वास्थ्य मन्त्रालयले साधारण औषधि उपलब्ध गराउन नसक्ने उनले बताए । सिंहले भने, ‘यस्ता सानातिना औषधि हामीले भर्ने हैैन । वीर अस्पतालले उपलब्ध गराउनु पर्छ ।’ २ हजार एन्टिबायोटिक्स, ५० चक्की सिटामोल जस्ता विषय मन्त्रालयले नहेर्ने उनको भनाइ छ ।

हाम्रो सेवा अस्थाई हो
डा. केदार सेन्चुरी, निर्देशक, वीर अस्पताल
हामीले स्वास्थ्य मन्त्रालयको आग्रहमा तत्कालका लागि अस्थाई सेवा दिएका हौं । वीर अस्पतालमा कार्यरत कर्मचारीको समय मिलाएर सिंहदरबार पठाउँदै आएका छौं । अब यसरी निरन्तर चल्न कठिन हुन्छ । स्थायी दरबन्दीको व्यवस्था मिलाउनु पर्छ । सेवा संचालन हुँदा वीर अस्पताल र स्वास्थ्य मन्त्रालयबीच वीरले कर्मचारी, मन्त्रालयले नीति नियम, स्वमन्वय र टेकु अस्पताल र तत्कालीन आपूर्ति हाल व्यवस्थापन महाशाखाले औषधि उपकरण उपलब्ध गराउने सहमती भएको थियो । तर, अहिलेसम्म वीर अस्पतालले मात्रै सेवा धानेको अवस्था छ । प्रधानमन्त्री कार्यालयबाट औषधि उपलब्ध गराउनु भनेर परिपत्र आएको छ । अझै समस्या समाधान भएको छैन । सेवा संचालनका लागि मन्त्रालयले छुट्टै बजेट विनियोजन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । बर्षभरी कति खर्च लाग्छ, प्याकेजमा छुट्याउनु पर्छ । अन्यथा यही अवस्थामा सेवा अगाडि बढ्न निकै कठिन छ । – नयाँ पत्रिका

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.