सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाल बिवाह अत्यका लागि ‘म सानै छु बढ्न देउ, बालबिवाह होईन पढ्न देउ’ अभियान सञ्चालन गरिने

मदन गिरी
सुदूरपश्चिम सरकारले बालबिवाह अन्तका लागि विशेष कार्याक्रम सञ्चालन गर्ने भएको छ । अगामि आर्थिक वर्षको बजेटमा बाल बिवाह अत्यका लागि म सानै छु बढ्न देउ, बालबिवाह होईन पढ्न देउ अभियान सञ्चालन गरिने बजेट व्यत्तव्यमा उल्लेख छ । उक्त अभियान प्रदेश संसद, स्थानीय निकाय र विभिन्न संघ संस्थाको सहकार्यमा सञ्चालन गरिने छ ।

Sana Kishan

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ ।

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
त्यस्तै प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एउटा खेलमैदान निर्माण गरिने जनाएको छ । जस कार्याक्रम अन्र्तगत सुदूरपश्चिममा ३२ वटा खेलमैदान निर्माण गरिने छन् ।
प्रदेश सरकारले प्रत्येक खेल मैदान निर्माणका लागि १० लाखका दरले तीन करोड २० लाख बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्व १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड, कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ। बाल बिवाह अन्तका लागि म सानै छु पड सरकारद्धारा महाकाली अञ्चल अस्पताल सुधारका लागि ४ करोड बजेट विनियोजन
मदन गिरी
महेनद्रनगर १ असार ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.