सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूपश्चिम बजेटः प्रत्येक निर्वाचन क्षेत्रमा एक खेलमैदान निर्माण गरिने

मदन गिरी
महेन्द्रनगर १ असार

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ ।

Sana Kishan

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
त्यस्तै प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एउटा खेलमैदान निर्माण गरिने जनाएको छ । जस कार्याक्रम अन्र्तगत सुदूरपश्चिममा ३२ वटा खेलमैदान निर्माण गरिने छन् ।
प्रदेश सरकारले प्रत्येक खेल मैदान निर्माणका लागि १० लाखका दरले तीन करोड २० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै महेन्द्रनरगमा निर्माणधिन रंगशाला निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको बजेट व्यतव्यमा उल्लेख गरिएकाे छ ।

World Link Ads
Mahakali Polytechnic

मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्व १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड, कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.