सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडा कार्यालयमै चोरी

३२ जेठ, राजविराज : राजविराज नगरपालिका ५ को वडा कार्यालयमा गएराति चोरी भएको छ। कार्यालयबाट एक-एक थान ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको अध्यक्ष समीर झाले जानकारी दिए।

Sana Kishan

बिहान कार्यालयको ढोकाको ताला फोडेको र दर्ता चलानी किताबलगायतका आवश्यक कागजात बाहिर फ्यालेको अवस्थामा फेल परेको र भित्र हेर्दा चोरी भएको वडा अध्यक्ष झाले बताए। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको एसपी मनोजकुमार यादवले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.