सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आठ वर्षपछि राष्ट्रियस्तरको प्रतिष्पर्धा हुन लागेकामा उत्साही कञ्चनपुरका खेलाडी र खेलप्रेमीले नै प्रतियोगिता संचालनको जिम्मा लिएका छन् ।

महेन्द्रनगरमा यही असार ४ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको अधिकांश तयारी पुरा भएको छ । २०६८ सालको छैटौं राष्ट्रिय खेलकुद पछिको पहिलो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेकोले कञ्चनपुरका खेलाडी र खेलप्रेमी निकै खुसी छन । स्थानीयकै अग्रसरतामा एक महिनादेखि खेल मैदान व्यवस्थित पार्ने काम भैरहेको छ ।

Sana Kishan

राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना हुने प्रतियोगिता संचालनको सबै जिम्मा स्थानीय खेलाडी आफैले लिएका छन् । प्रतियोगिताको आयोजक स्थानीय महाकाली स्पोर्ट सोसाइटी हो ।

World Link Ads
Mahakali Polytechnic

क्रिकेट खेलाडी उत्पादनको महत्वपूर्ण थलो मानिने कञ्चनपुरबाट थुप्रै खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागि छन् । तर, राष्ट्रियस्तरका प्रतियोगिता खासै हुन्नन् । त्यसैले पनि यसपालीको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता भव्य बनाउन कञ्चनपुरका खेलप्रेमी आतुर देखिन्छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.