चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् ।
अमरगढी नगरपालिका–६ की २६ वर्षीया गीता ताम्राकारको मृत्यु भएपछि अस्पतालले लापरवाही गरेको भन्दै आफन्तहरु आन्दोलित भएका हुन्। उनीहरुले चिकित्सकको लापवाहीका कारण ताम्राकारको मृत्यु भएको आरोप लगाएका छन्।
महिलाको अत्यधिक ब्लिडिङ भएपछि गीतालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले अप्रेसनमा गरेको लापरवाहीले नै उनमा शारिरीक समस्या देखिएको परिवारको आरोप छ । यता अस्पतालले भने गीताको उपचार सम्भव नभएपछि रेफर गरिसके पछि उनको मृत्यु भएको जनाएको छ।
