३१ जेठ, रौतहट । जिल्लाको गौरमा किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
विभिन्न प्रलोभन दिएर गौरको एक होटलमा १६ वर्षकी किशोरीको बलात्कार गर्ने गौर नगरपालिका ३ का १९ वर्षका चन्दन दुबे पक्राउ परेका हुन् ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि किशोरीको बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
पक्राउ परेका दुबेमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद समेत लिएको उनले जानकारी दिए ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)