सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘कसैले तपाईलाई गाली गरे तपाईंले प्रेम गर्नुहोस्’

धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु भनेका छन् । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ । सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

– तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु ।

– प्रेमको अर्को रूप भनेको सेवा हो ।

World Link Ads
Mahakali Polytechnic

– किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई नष्ट गर्दछ ।

Dirghayu Ads

– बोलीको प्रहारबाट हुने घाउ वाणको घाउ भन्दा चर्को हुन्छ ।

– तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो ।

– भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ ।

– आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् ।

– तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु ।

– केही बोलनु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन ।

यो पनि पढ्नुस

Sana Kishan

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।

– यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।

– यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।

– मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

– केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।

– नरकका तीन द्वार छन्

– क्रोध, वासना र लोभ ।

– तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।

– जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.