सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमा भगवानको अर्को रुप: ‘निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो’

‘आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।

सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।

त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा विद्धानले आमाको परिभाषा गरी गरेका छन् भन्ने जानकारी गराउँछौं ।

World Link Ads
Mahakali Polytechnic

भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए । –रूडयार्ड किप्लिङ ।

Dirghayu Ads

म अहिले जो छु, अब जे बन्ने आशा राख्दैछु, त्यसको श्रेय आमालाई जान्छ । –अब्राहम लिंकन ।

Sana Kishan

ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन । –अब्राहम लिंकन ।

भगवान मलाइ असल आमा देउ म तिमीलाई असल राष्ट्र दिन्छु । –नेपोलियन बोनापार्ट ।

मैले कहिं बाट प्रेम गर्न सिकेको छु भने त्यो सबै मेरी आमाको देन हो । –अज्ञात ।

निस्वार्थ माया खोज्न अन्यत्र जानु पर्दैन आमाको काखमा गए पुग्छ । – यात्री केशर ।

निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो । –जोडी पिकोल्ट ।

र यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

आमा भगवानको अर्को रुप: ‘निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.