सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीनको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका – ६ बनगाउँ नजिक ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना घाईते भएका छन्।

मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। घाईते सबै जनालाई महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको छ। मृतकका शवलाई पनि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। मृतकहरु भारतबाट आएका नेपालीहरु हुनसक्ने भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक आचार्यले बताए।

Sana Kishan

जेसीबी महेन्द्रनगरबाट महाकालीको चारलेन पुलको पहुचमार्ग निर्माणका लागि भुजेलातर्फ गईरहेको प्रहरीले जनाएकको छ। चालक र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ।

World Link Ads
Mahakali Polytechnic

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भारत पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए। बाँकी चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

Dirghayu Ads

घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन्। जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.