सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

काटिएको आन्द्रा चिकित्सकले जोडिदिएनन्, संक्रमण फैलिएर गयो ज्यान

चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।

मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा. रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठले बताए । घटनाबारे अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन । ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका घटना छन् । यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ ।

Sana Kishan

मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठ भन्छन्–पहिले गल्ती गर्‍यो, त्यसपछि लुकाउन लाग्यो, बिरामीको ज्यान जाँदासमेत गल्तीबाट उम्किन खोज्दै छ
ओम अस्पतालमा सामान्य उपचारका क्रममा बिरामीको मृत्यु भएका विगतका घटनाबारे म जानकार थिएँ । तर, दिदीको भर्ना गरेपछि मात्रै यहाँ ल्याएको बारे मलाई जानकारी भयो । त्यसैले अन्य अस्पताल लैजाने पहल गर्न सकिनँ । गत बिहीबार उहाँको स्वास्थ्य परीक्षण गर्दा पित्तथैलीमा सानो ढुंगा देखियो । डा. रविन कोइरालाको टिमले शुक्रबार अप्रेसन ग¥यो । अप्रेसनका क्रममा सानो आन्द्रा काटिएको रहेछ, तर आफन्तलाई जानकारी नै गराएनन् ।

World Link Ads
Mahakali Polytechnic

शनिबार स्वास्थ्य गम्भीर बन्दै गएपछि चिकित्सकले पुनः खोलेर भित्र हेरे । त्यसपछि मात्रै बिरामीको डेढ मिटर आन्द्रा काटिएको जानकारी दिए । दिदीलाई आइसियूमा राखे । आइतबार फेरि शल्यक्रिया गरे । एकैचोटि बिहीबार बिहान ७ बजे मृत्युको जानकारी गराए । आन्द्रा काटिएका कारण दिशाबाट शरीरभर संक्रमण फैलिएर ज्यान गएको रहेछ । यति ठूलो गल्ती गर्दा पनि अस्पताल र चिकित्सक दोष स्विकार्न तयार छैनन् ।

Dirghayu Ads

#ओम अस्पताल

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.