सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोज खाँदा ३० बिरामी, १९ जना अस्पताल भर्ना

धादिङ : निलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाँदा ३० जना बिरामी परेका छन्। स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै भोज खाने बिरामी भएका हुन्।

बिरामी परेकाको बुधवार राति देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बिहीबार दिउँसोसम्म पनि विरामी निको नभएपछि गाउँलेले उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका छन्। अहिले अस्पतालमा बिरामीको उपचार भइरहेको छ।

Sana Kishan

अस्पतालका चिकित्सकका अनुसार बिरामीमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ। सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अन्य २० जनापनि बिरामी परेको खबर आएको छ। भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्।

World Link Ads
Mahakali Polytechnic

एकै पटक धेरै जना बिरामी हुँदा फुज प्वाइजन भएको हुनसक्ने अनुमान गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डा. कृष्णलाल उप्रेतीले जानकारी दिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.