सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेटकाे : ट्रफी, जर्सी र खेलतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटी (एमएसएस)को व्यवस्थापमा प्रधानमन्त्री कप महिला टी २० क्रिकेट असार ४ देखि सुरु हुने भएको छ।

आयोजक राखेप र एमएसएसले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ४ देखि ११ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मन्चमा हुने जानकारी दिएको हो।

यसअघि जेठ २८ गतेदेखि नै प्रतियोगिता सुरु गर्ने भनिएपनि प्राविधिक कारणले मिती केही पर सरेको एमएसएसका अध्यक्ष सुमन भट्टले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic

एक साता सञ्चालन हुने प्रतियोगितामा साद प्रदेशको टिम र विभागीय टोली एपीएफ गरी कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

Dirghayu Ads

उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

बुधवारै प्रतियोगिताको समूह विभाजन र खेल तालिका पनि सार्वजनिक भएको छ। असअनासर समूह ए मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रेश छन्। यस्तै समूह बी मा प्रदेश १, प्रदेश २, प्रदेश ३ र कर्णाली प्रदेश छन्।

Sana Kishan

प्रतियवगिताको उद्घाटन खेलमा असार ४ गते सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुनेछ। सोही दिन समूह बी अन्तर्गत प्रदेश २ र कर्णाली प्रदेशबीच पनि खेल हुनेछ।

दुवै समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ५ लाख र ट्रफी हात पार्नेछ। यस्तै उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन्। यसैगरी म्यान अफ दि सिरिजले नगद ३० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५-१५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार ५ सत पाउनेछन्।

प्रतियवगिताको कूल बजेड ८८ लाख रहेको र त्यसमा ३५ लाख राखेपले उपलब्ध गराउने एमएसएसले जनाएको छ।

यस्तै प्रतियोगिताको विजेताले पाउने ट्रफी र सहभागि टिमका खेलाडीले लगाउने जर्सी पनि सार्वजनिक भएको छ। राखेपका प्रमुख प्रशिक्षक जगत टमाटा र राष्ट्रिय महिला टिमकी उपकप्तान सीता राना मगरले ट्रफी सार्वजनिक गरे भने सीता र प्रतियोगिताको व्यवस्थापक एमएसएसका अध्यक्ष सुमन भट्टले जर्सी सार्वजनिक गरे।

एमएसएसका अध्यक्ष भट्टले प्रतियोगिताको लागि सम्पूर्ण तयारी गरिसकेको र यसले कञ्चनपुरबासीहरुमा उत्साह ल्याएको बताए। ‘हामीले मैदानलाई उत्कृष्ट बनाएका छौँ। पिच, आउटफिल्डका साथै साइडस्कृनहरु पनि तयार पारिसकेका छौँ। ‘भट्टले भने। ‘कञ्चनपुरमा क्रिकेट प्रतियोगिता गर्न आफैमा चुनौती भएपनि हामीले त्यसलाई सामना गरेर प्रतियोगिता सफल बनाउन लागिरहेका छौँ। कञ्चनपुर एकै जिल्लाबाट १८ अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको छ। अब हामी प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गरेर कञ्चनपुरमा फेरी क्रिकेटको माहोल बनाउन चाहन्छौँ।’

यस्तै प्रशिक्षक जगत टमाटाले दक्षिण एसियाली खेलकुद नेपालमै हुन लागेको र त्यसमा क्रिकेट पनि समावेश भएकोले महिला क्रिकेटको लागि यो प्ल्याटफर्म भएको समेत बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.