सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायातको भाडा वृद्धिः सार्वसाधारणदेखि व्यवसायीसम्म असन्तुष्ट

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आगामी असार १ देखि लागु हुने गरी दोस्रो पटक सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढाएको हो।

यसअघि दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। सरकारले वृद्धि गरेको भाडाका विषयमा सर्वसाधारणसँगै यातायात व्यवसायी समेतले असन्तुिष्ट जनाएका छन्। दशैंमा बढाएको भाडा एक वर्षमा पुनः बढाइएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् भने आफूहरुसँग छलफल नै नगरी बढाएको भाडादर वैज्ञानिक नभएकोे भन्दै व्यवसायीले पनि असन्तुष्टि जनाएका छन्।

जनताको प्रत्यक्ष सरोकार रहने सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने कार्य जनविरोधी र बेमौसमी भएको सर्वसाधारणको टिप्पणी छ।
समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको सरकारले हरेक क्षेत्रमा महंगी बढाएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सार्वसाधारणले भाडा वृद्धि गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। सत्तारुढ नेकपाकैै भातृ संगठन अनेरास्ववियुका पदाधिकारीले समेत भाडा बढेकोप्रति असन्तुष्टि जनाएका छन्।

World Link Ads
Mahakali Polytechnic

अनेरास्ववियुका एक जना नेता आरसी लामिछानेले जनताको प्रत्यक्ष सरोकार रहने सार्वजनिक भाडा वृद्धि गर्ने कार्य जनविरोधी र बेमौसमी भएको टिप्पणी गर्दै तत्काल सच्याउन माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जनताको गाँस खोस्ने र व्यवसायी पोस्नेतर्फ होइन कालोबजारी अन्त्य तथा महङ्गी नियन्त्रणमा सम्पूर्ण शक्ति केन्द्रीत गर्न सबैको ध्यानाकर्षण गराउँदछु।’

Dirghayu Ads

भाडादर अवैज्ञानिक, आन्दोलन गर्ने व्यवसायीको चेतावनी

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वृद्धि गरेको भाडादर वैज्ञानिक नभएको बताएका छन्। ‘हामीसँग छलफल नै भएको छैन। हामीले पनि सञ्चार माध्यमबाट मात्रै थाहा पायौं। गहन छलफल हुनुपर्थ्यो। हामी औपचारिक छलफल गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्छौ। अहिले यत्ति भनौं उनले भने।’

Sana Kishan

विभागले गरेको भाडा वृद्धिको निर्णयमा तपाइहरुको असन्तुष्टि केमा भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा छलफलपछि मात्रै हाम्रो धारणा आउँछ। सहमति वा असहमतिको कुरै भएन। सरकार सबैको अभिभावक हो। सबैसँग सल्लाह गर्नुपर्थ्यो। एक दुई जनाले विभागमा बसेर निर्णय गर्दैमा हुँदैन। बढाएको भाडादरको वैज्ञानिक ढाँचा नै मिलेन।’

त्यस्तै यातायात व्यवस्था विभागले घोषणा गरेको नयाँ भाडादरको विषयमा ट्याक्सी व्यवसायीले पनि असन्तुष्टि जनाएका छन्। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वछाने मगरले साविकको भन्दा पनि घटाएर कायम गरिएको नयाँ भाडादरका विरुद्धमा अन्दोलनमा उत्रिने चेतावनी दिए। ‘हामीसँग कुनै छलफल पनि भएन। विभागले निर्धारण गरेको ५० रुपैयाँ ‘फ्लेक डाउन मनी’ निकै कम हो’, पूर्वछाने मगरले भने, ‘यसको विरुद्धमा आन्दोलन गर्छौं।’

अहिले कायम गरिएको भाडा पहिलेको भन्दा पनि कम भएको भन्दै यही भाडादरमा ट्याक्सी चलाउन नसकिने उनले बताए। ‘भोलिको दिनबाट हामी सडक आन्दोलन गर्छौं। भाडा बढाउनु पूर्व हामीसँग एकछिन पनि कुरा भएन। हाम्रो मागप्रति किलोमिटर ५५ रुपैयाँ कायम गर्नुपर्छ भन्ने हो। यातायात व्यवस्था विभागका डिजीले एक्लै जारी गरेको भाडादरको जिम्मा उहाँले नै लिनुपर्छ’, उनले भने, ‘भोलिदेखि हामी ट्याक्सी लिएर सिंहदरबार अगाडि राख्छौं। पोखरामा लगायतका शहरमा पनि ट्याक्सी ठप्प हुन्छन्।’ आन्दोलनको स्वरुपका विषयमा भने यातायात व्यवसायी महासंघ र ट्याक्सी व्यवसायीबीच थप छलफल गरेर तय गर्ने उनले जानकारी दिए।

अब ट्याक्सीमा चढ्ने वित्तिकै प्रतिकिलो मिटर ५० रुपैयाँ र त्यसपछि २०० मिटरको ८ रुपैयाँ ८० पैसाका दरले ४४ रुपैयाँ प्रतिकिलोमिटर पाउने छन्। यसअघि उनीहरुले पहिलो प्रतिकिलोमिटर ५३ रुपैयाँ पाउँदै आएका थिए।

सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ। विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि)लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको दाबी गरेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.