सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट पुर्ण खोप नगरपालिका घोषणा

कञ्चनपुरको बेदकोट नगरपालिका पुर्ण खोप नगरपालिका घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रमका विच ‘पुर्ण खोप नगरपालिका र दिगोपन निरन्तरता’ घोषणा गरिएको हो । १६ महिनादेखि २४ महिनासम्म पुगेका नगरका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप दिईसकेकाले पुर्ण खोप नगरपालिका घोषणा गरिएको हो ।

बेदकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक हरिसा पालले उक्त उमेर समुहका सबै बालबालिकाले पाउँनुपर्ने सबै खोप पाईसकेकाले घोषणा गरिएको बताए । उनका अनुसार बेदकोटमा उक्त उमेर समुहका ५सय ४० बालबालिका रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले विभिन्न समयमा विभिन्न प्रकृतिका खोप दिनुपर्ने बताउदै यो नदेखिने काम भएपनि दिर्घकालिन रुपमा यसको प्रसस्तै काम हुने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको औल्याए । बेदकोट नगरको स्वास्थ सुधारमा अहम भूमिका निर्वाह गरेको भन्दै १० वटै वडाका वडाध्यक्षलाई प्रसंसा पत्र सहित सम्मानित गरिएको थियो । बेदकोट नगरका क्रमस अध्यक्ष हरि गिरी, नरेश बहादुर सिह, तिलक ठगुल्ला, भाष्कर दत्त भट्ट, गणेश विक(कुसल), फटे राना राना, बीर बहादुर ढगौरा, दुर्गासिह भण्डारी, रामसिह धामी र केशव रावललाई सम्मान गरेको हो ।

Dirghayu Ads

बेदकोट नगरका मेयर अशोक कुमार चन्दले देश निर्माणका लागि जनस्वास्थ्य आवश्यक रहेको औल्याए । मेयर चन्दले २ बर्षभित्रै नगरका सबै वडामा स्वास्थ्यको पहुँच पु¥याईने प्रतिबद्धता जाहेर गरे । नगर अस्पताल निर्माणका लागि प्रकृया अघि बढिसकेको समेत बताए ।

सामुदायिक विद्यालयमा किशोरकिशोरी एव शिक्षिका लागि एटिम सहित निः शुल्क सेनेटरी प्याड वितरण गरिने बताए । नगर प्रमुख चन्दले मानविय स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविकाका महत्वपुर्ण भुमिका हुने भन्दै आगामी बर्षमा सेवा सुविधामा बृद्धि गर्ने आवश्वासन दिनुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.