सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमिताभ बच्चनको ट्वीटर ह्याक, पाकिस्तानी प्रधानमन्त्रीको फोटो राखियो

बलिउड महानायक अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक भएको छ । सोमबार राति ह्याकरहरूले उनको ट्विटर ह्यान्डलमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो हालेका थिए । अमिताभको ट्विटर ह्याक गरेर ह्याकरहरुले ३ वटा ट्वीट गरेका छन् ।

एक ट्विटमा ‘लभ पाकिस्तान’ लेखिएको थियो । अन्य ट्वीटमा पाकिस्तानको झण्डा हालिएको थियो । यसैगरी ह्याकरहरूले ट्वीटरको प्रोफाइल र कभर तस्वीरसमेत परिवर्तन गरिदिएका थिए ।

Sana Kishan

ह्याकरहरूले आफ्नो पहिलो ट्वीटमा ‘यो सारा संसारका लागि महत्वपूर्ण सन्देश हो । हामी टर्कीका खेलाडीप्रति आइसल्यान्डमा गरिएको व्यवहारको निन्दा गर्छौं । हामी हाम्रो कुरा सहज तर दृढतापूर्वक राख्छौं र तपाईलाई ठूलो साइवर हमलाको बारेमा सचेत गराउन चाहन्छौं ।’

World Link Ads
Mahakali Polytechnic

३७ मिलियन फलोअर्स रहेको उनको ट्विटर टर्किस ह्याकर ग्रुपले ह्याक गरेको बलिउड हंगामाले जनाएको छ । उक्त समुहलेनै यसअघि सहिद कपुर र अनुपम खेरको एकाउन्ट समेत ह्याक गरेको थियो । मुम्बई पुलीसले भनेको छ, ‘यो साइवर क्राइम हो, यस विषयमा थप अनुसन्धान भैरहेको छ ।’

Dirghayu Ads

उनको ट्विटर ह्याक भएपछि बच्चनका फ्यानहरु आक्रोसित भएका छन् । यद्यपी अहिले भने ह्याक भएको उनको ट्विटरमा अमिताभकै तस्विर राखिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.