सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिरामीलाई कुटपिट गरी ८१ वर्षीयालाई बोक्सी आरोप

भद्रपुरः झापाको मेचीनगर नगरपालिका ९ बस्ने ८१ वर्षीया वृद्धा छिमेकीले लगाएको बोक्सी आरोपले विक्षिप्त बनेकी छिन्। केही दिनअघि सावित्रा शिवाकोटी नामकी एकजना ‘माता’ ले बिरामी अयताकुमारी चाम्लागाईलाई झारफुक गराएकी थिइन्।झारफुरका क्रममा माताले चाम्लागाईलाई कुटपिट गरी बोक्सी बकाइन्। बकाउने क्रममा बिरामी महिलालाई माताले स्थानीय ८१ वर्षीया वृद्धाको नाम लिन लगाएपछि ती वृद्धामाथि बोक्सीको आरोप लगाइएको हो।

चाम्लागाई दुई÷तीन वर्षदेखि लड्ने बरबराउने रोगबाट ग्रसित थिइन्। उनी उपचारका लागि १५ दिन अघि माताकोमा गएकी थिइन्। माताले आफूलाई कुटपीट गरी ती वृद्धाको नाम बकाउन लगाएको उनले बताइन्। ‘माताजीले ती वृद्धाको नाम दवावमा बोल्न लगाएको हो, आफूले अरु के के बोले केही थाहा छैन,’ चाम्लागाईले भनिन्।

चाम्लागाईका पति शिव चम्लागाईले वृद्धासँग कुनै रिसिबी नभएको बताए । ‘१८ वर्षअघि आएर बसेको गाउँमा ती वृद्धा आमासँग हाम्रो कुनै रिसिबी थिएन,’ उनले भने।

World Link Ads
Mahakali Polytechnic

घटनाबारे वृद्धा महिलाले पटक-पटक इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिन गएकी थिइन्। तर, प्रहरीले उजुरी लिन मानेनन्। पछि नगरपालिकाकी उप-प्रमुख मीना उप्रेतीको सहयोगमा प्रहरीले उजुरी दर्ता गर्यो। ‘अरु महत्वपूर्ण केस भएकाले यो निवेदन हेर्नै भ्याइएन,’ इलाका प्रहरी प्रमुख टिका कार्कीले अन्नपूर्णसित भने।

Dirghayu Ads

न्यायका लागि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उप-प्रमुख उप्रेतीले संयुक्तरुपमा वृद्धालाई भेटेर न्याय दिलाउने आश्वासन दिएका छन्। यसअघि स्थानीय लक्ष्मी कटवाल, चण्डिका बानिया, चन्द्र पौडेल, प्रकाश भण्डारीलगायत ९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा मेलमिलाप गराउन खोजिएको थियो।

Sana Kishan

घटना जबरजस्ती वडामा मिलाउन खोजिएको भन्दै ती वृद्धाकी छोरीले आपत्ति जनाएकी छन्। ‘हाम्रो कुरा नै नसुनी जबरजस्ती मातापट्टीको एकतर्फी आवाज आयो,’ उनले भनिन्, ‘उतैको आवाज सही मानेर निर्णय गरियो, हामी रुँदै बाहिर निस्किनुबाहेक अरु उपाय भएन।’

जग्गा र साँध सीमानाको विषयलाई लिएर ती वृद्धाको छिमेकीसँग बोलचाल नभएको एक दशक भएको छ। छिमेकीसँग नबोलेर बस्दा उल्टै आफूलाई बोक्सी आरोप लगाइएको वृद्धाले दुखेसो पोखिन्।

वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्काले एक साताअघि ती वृद्धा वडा कार्यालयमा आएर रुन थालेपछि आफूले नै वडाध्यक्षलाई सम्बोधन गरेर निवेदन लेख्न लगाएको बताए। ‘ बिरामी चाम्लागाईले वडामा आएकी वृद्धाको खुट्टा ढोगेर माफी माग्न खोज्दा बाहिर निस्किनुभयो,’ वडाध्यक्ष खडकाले भने, ‘ आफ्नो चित्त नबुझेकाले त्यही दिन इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिन जानुभएछ। मलाई पछि थाहा भयो।’

माता भनिएकी शिवाकोटीले आफ्नो मुखबाट बोक्सी भन्ने शब्द उच्चारण नगरेको दावी गरिन्। ‘बिरामीलाई उपचार गर्ने क्रममा कुटपिट अनिवार्य हुन्छ नत्र उनीहरु मुख खोल्दैनन्,’ उनले भनिन्, ‘त्यो हाम्रो विधि हो।’ उनले उपचार गराउने क्रममा महिलाले बोलेको दाबी गरिन्।

घटनाबारे थप बुझ्न खोज्दा सिवाकोटी अन्नपूर्ण संवादातासँग पनि आक्रोशित भइन्।उनले आफूबारे समाचार लेखे अनिष्ठ हुने भन्दै चेतावनी दिइन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.