सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकपमा पहिलो पटक सेतो बल र रंगीन पोसाक

विश्वकप रोचक
सन् १९९२ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा विश्वकप क्रिकेटको पाँचौं संस्करण आयोजना गरेका थिए। सो विश्वकप फेब्रुअरी २२ देखि मार्च २५ तारिखसम्म खेलाइएको थियो। प्रतियोगितामा नौवटा राष्ट्रले सहभागिता जनाएका थिए। उक्त विश्वकपमा पहिलो पटक चारवटा नयाँ कुराको सुरुआत भएको थियो। सन् १९९२ को विश्वकपमा पहिलो पटक सेतो बलको प्रयोग गरिएको थियो। त्यसअघिका चारवटा विश्वकपमा रातो बलले खेलाइएको थियो।

Sana Kishan

यसैगरी पाँचौं विश्वकपदेखि नै खेलाडीका लागि रंगीन पोसाक पनि सुरु भएको हो। उक्त विश्वकपमा पहिलो पटक सहभागी टोलीका खेलाडीहरू रंगीन पोसाक लगाएर मैदानमा ओर्लिएका थिए। त्यसअघिका चार विश्वकपमा सहभागी टोलीका खेलाडीले मैदानमा रंगीन पोसाक लगाउँथेनन्। यसैगरी सन् १९९२ कै विश्वकपमा पहिलो पटक ‘फ्लड लाइट’ मा दिवा—रात्रि खेल पनि खेलाइएको थियो।

त्यसअघिका चारवटा विश्वकपमा दिवा—रात्रि खेल खेलाइएको थिएन्। यसका अतिरिक्त कालो रङको ‘साइट स्क्रिन’ को प्रयोग पनि सोही विश्वकपबाट सुरु भएको हो। सो विश्वकपको उपाधि पाकिस्तानले जितेको थियो। पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले पराजित गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.