सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असार १ देखि रात्रिकालीन बस सेवा

काठमाडौं : सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको उनले बताए।

‘राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत छन्। अहिले केही कम्पनीसँग यो सहमति गरिएको हो। अन्य कम्पनीले पनि इच्छा देखाए राति बस सञ्चालन गर्न सक्छन्’, दाहालले भने, ‘तत्काल समेट्न नसकिएको व्यवसायी पनि यो व्यवस्थामा आउन पाउनेछन्।’

राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन। यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यसले दिउँसो यात्रुको चाप धेरै हुने गरेको छ। यो व्यवस्थाले यस्तो बाध्यकारी समस्या हटाउने विभागको अपेक्षा छ। यो व्यवस्थाले उपत्यकाको रात्रिकालीन जीवन चलायमान बनाउने उनी बताउँछन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालवाहक (ढुवानी)का गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको थियो। यी दुई व्यवस्थाले रात्रिकालीन जीवन चलायमान र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ।

Dirghayu Ads

अहिलेको निर्णयले ट्राफिक व्यवस्थापन तथा रात्रिकालीन व्यवसायी फस्टाउन सहयोग गर्ने दाहालको अपेक्षा छ। सार्वजनिक यातायातको सुनिश्चिता नभएकाले उपत्यकामा साँझ ८ बजेदेखि नै शुन्यता छाउँछ। उपत्यकाको जनसंख्या करिब ६० लाख हाराहारी छ। तर समसाँझै सहर चकमन्न हुन्छ। रात्रिकालीन बस सेवा सञ्चालन गरेर उपत्यका २४सैं घण्टा चलायमन बनाउने विभागको योजना छ। यसका लागि गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाले तयारी गरिरहेका छन्।

सहरलाई सामाजिक, आर्थिक रूपले चलायमान बनाउन रात्रिकालीन बस सेवा आवश्यक भएको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। रातमा सार्वजनिक यातायातको अभावले मानिसको चहलपहल कम भएको छ। सहज र सर्वसुलभ यात्रा गर्न सक्ने वातावरण निर्माण भए रात्रिकालीन जीवन चलायमान हुन्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने उनी बताउँछन्। ‘नेपालको धेरैजसो कार्यालय दिउँसो मात्र सञ्चालन हुने गरेका छन्। त्यहाँ कार्यारत कर्मचारी जसोतसो समय मिलाएर अन्य काम पनि दिनमै गरिरहेका छन्’, गजुरेलले भने, ‘राति सार्वजनिक यातायातको सुनिश्चिता हुने हो भने त्यो समयको सही सदुपयोग हुने थियो।’

राति सार्वजनिक सवारी सञ्चालन हुन सके गतिविधि बढ्ने र राज्यलाई नै फाइदा हुने उनको भनाइ छ। यातायातको सहज व्यवस्था हुन नसक्दा महँगो मूल्यमा ट्याक्सी चढ्नुपर्छ भनेर मानिस राति निस्किन सकिरहेका हुँदैनन्। रेस्टुरेन्ट, महल, पार्कमा समय बिताउनेको संख्या बढ्छ। रोजगारी सिर्जना हुनेछ। यसका लागि राज्यले सवारी तथा यात्रुलाई सुरक्षाको प्रत्याभुति दिनुपर्छ। यस्तो व्यवस्था गर्न सके यात्रुको चाप बढ्नुका साथै यातायात सञ्चालन गर्नेलाई आर्थिक भार कम हुने उनको विश्वास छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.