सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्यानेटरी प्याड बनाउँदै शिक्षिका

सिन्धुलीः सिन्धुलीमा सामुदायिक विद्यालयका महिला शिक्षकहरु स्यानेटरी प्याड बनाउन थालेका छन्। १० वटा सामुदायिक विद्यालयका २१ जना महिला शिक्षकहरु आफै स्यानेटरी प्याड बनाउन जुटेका हुन्। नेपाल राष्ट्रिय शिक्षक संगठनले दश सामुदायिक विद्यालयमा अध्यापन गराउने २१ शिक्षिकालाई प्याड बनाउने तालिम दिएपछि उनीहरु स्थानीय सामग्रीबाट प्याड बनाउन थालेका छन्।

रमहिनावारी भएको बेला छात्रा विद्यालयमा नआउने भएपछि शिक्षिकाहरु छात्रालाई विद्यालयमा टिकाउन प्याड निर्माणमा लागेको मावि पानीटंकीकी शिक्षिका अभिलासा कोइरालाले बताइन्। ‘कहिलेकाँही शिक्षिकाहरुमा पनि यस्तो समस्या हुने गरेको छ। अधिकांश छात्राहरु त रजश्वला हुने समयमा विद्यालय नै आउँदैनन्’ उनले भनिन्। विद्यालयले शिक्षिकाले तयार पारेको प्याड दिँदा सहज हुने उद्देश्यले हामीले तालिम लिएर प्याड बनाउन थालेको बताइन्।

Sana Kishan

आफै प्याड बनाउन थालेपछि सहज भएको मावि गौमतीकी शिक्षिका शारदा थापा बताउँछिन्। विद्यालयकै शिक्षिकाले प्याड बनाउँन सक्दा सकारको अभियानलाइसमेत सहयोग पुग्ने मनसायले शिक्षिकालाई तालिम दिइएको सहजिकर्ता शिक्षिका शकुन्तला श्रेष्ठको भनाइ छ। ‘शिक्षिकाहरुले तयार पारेको यस्तो प्याड पुनः प्रयोग गर्न सकिने र वातावरणमैत्री छ। गरिब छात्राले पनि सजिलै र सस्तैमा बनाउन सक्ने छन्’ उनले भनिन्। यस्ता तालिम प्राप्त शिक्षिकाको सहायताबाट हरेक सामुदायिक विद्यालयका किशोरीहरुलाई पनि प्याड आफैंले तयार गर्न सहजिकरण गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन, कमलामाई नगर समितिका अध्यक्ष रामेश्वर दाहालले बताए।

World Link Ads
Mahakali Polytechnic

‘शिक्षिकाहरु संगै किशोरीहरुलाई पनि प्याड तयार गर्न र प्रयोग गर्न सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो,’ उनले भने। रजश्वला भएकी एक छात्रालाई महिनामा १६ वटासम्म स्यानेटरी प्याड आवश्यक पर्छ, जसको मूल्य एक सय पचास रुपैयाँ पर्छ। यस्ता किशोरीका लागि वर्षमा दुई हजार मूल्य बराबरको प्याड आवश्यक हुन्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.