सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाल गायक प्रितम आचार्य इटहरीका बाल सद्भावना दूत

इटहरी : बाल गायक प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ । इटहरी उपमहानगरपालिकाले मंगलबार सम्मान कार्यक्रम गर्दै ११ वर्षीय प्रितमलाई बाल सद्भावनादूत बनाएको हो ।

उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उनलाई सम्मान गर्दै प्रितमका कारण नगरको नाम अन्तर्राष्ट्रिय तहसम्म पुगेकोमा खुसी व्यक्त गरिन् । उनले प्रितम ठूलो भएपछि पनि सद्भावना दूतकै रुपमा रहने बताइन् ।

Sana Kishan

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीलेसमेत प्रितमलाई सम्मान गरे।

World Link Ads
Mahakali Polytechnic

भारतीय टेलिभिजन च्यानल जीटीभीको ‘सारेगमप लिटिल चाम्स’ रियालिटी सो सहभागी भएका प्रितम तेस्रो भएका थिए । इटहरी र नेपालको नाम राखेको भन्दै उनलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.