सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्पतालमै डाक्टरमाथि कुटपिट, चिकित्सकहरु आन्दोलित, नियमित सेवा ठप्प

सिन्धुली : बिमारीका आफन्तले डाक्टरमाथि हातपात गरेपछि सिन्धुली अस्पतालका चिकित्सकहरु आन्दोलित भएका छन् ।

सोमबार राति १२ बजे श्रमतिको उपचार गराउन अस्पताल पुगेका कमलामाई नगरपालिका–१० घर भइ कमलामाई नगरपालिका–५ मधुटार बस्ने कृष्ण बस्नेतले डा. दिवस ढकाल माथि हातपात गरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।

बस्नेतले उनकी श्रीमती वर्ष–२० की अनुषा कार्कीलाई उपचारका लागि अस्पताल ल्याएका थिए । डा. ढकाल लगायतको चिकित्सको टोलीले उपचार गरिरहँदा गाली बेइज्जती गर्दै बस्नेतले डा. ढकाललाई घोक्राएर हातपात गरेको आन्दोलित स्वास्थ्यकर्मीको आरोप छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सोही घटनालाई लिएर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु मंगलबार बिहानबाटै आन्दोलित भएका हुन् । अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार चिकित्सकहरुले मंगलबार बिहानैदेखि अस्पतालको ओपिडी सेवा बन्द गरेर आन्दोलन गरेका हुन् । गौतमका अनुसार डाक्टरहरुले ओपिडी सेवा बन्द गरे पनि टिकट नै नलिइ अस्पतालको ओपिडी कक्ष बाहिर आकस्मिक बिमारीहरुलाई भने सेवा निरन्तर दिइरहेका छन् ।

Dirghayu Ads

‘अस्पतालमा डा. ढकालमाथि हातपात भएको छ । अरु महिला डाक्टरहरुमाथि सुन्नै नसकिने तथानाम गाली गरिएको छ । डाक्टरहरुले आफ्नो पेसाप्रति गम्भीर भएर काम गरिरहँदा पनि कुटपिट हुने, पेशाको सुरक्षा नहुने भएपछि सबै चिकित्सकहरु आन्दोलित भएका हुन्,’ गौतमले भनिन् ।

डाक्टरहरुले एक विज्ञप्ती निकाल्दै घटनाको दोषीलाई कारवाहीको माग समेत गरेका छन् । विज्ञप्तिमा दोषीलाई कानुनी दायरामा नल्याएसम्म अन्तरंग र आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाइएको छ ।

यस विषयमा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले डाक्टरमाथि आक्रमण गर्ने बस्नेत विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको जनाएका छन् । घटनापछि बस्नेत भने सम्पर्क विहीन भएका छन् । उनी श्रीमतीको उपचारका लागि काठमाडौं गएको र फोन घरमा छाडेको उनका आफन्तले जानकारी दिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.