सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा सात देवीका मन्दिर र चार धाम ओझेलमा

समुदाय विशेषका मन्दिरमा करोडौँ खर्च

पर्यटन प्रवद्र्धनका नाममा सुदूरपश्चिम सरकारले समुदाय विशेषका मन्दिरमा करोडौँ बजेट खर्च गरिरहेका बेला पौराणिक महत्वका धार्मिक स्थल ओझेलमा परेका छन्।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने भन्दै संघिय सरकारको सर्शत अनुदान र प्रदेशसभा सदस्यहरुको प्रदेश पूर्वाधार विकास कार्यक्रमको समेत गरेर झण्डै ३० करोडको लगानीमा प्रदेशका ९ वटै जिल्लामा करिब चार सय मन्दिर निर्माण गरिरहेको छ। प्रदेश सरकारले मन्दिरमा गरेको लगानी सामाजिक दृष्टिकोणका हिसाबले उचित भएपनि पर्यटकीय दृष्टिकोणले उर्पयुक्त नभएको पर्यटन व्यवसायीहरुले बताएका छन्। धनगढीका पर्यटन व्यवसायी प्रकाश भट्टले तर सामाजिक दृष्टिकोणबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा भएपनि पर्यटन प्रवद्र्धन गर्ने कुरा गर्नु उद्देश्य विपरीत हुने धारणा व्यक्त गरे।

उनले मन्दिरमा गरिएको लगानीले प्रतिफल नदिने बताए। प्रदेश सरकारले समुदाय र जाती विशेषका मन्दिर निर्माणमा करोडौँ बजेट खर्च गरिरहेका बेला विशष्टिकृत धार्मिक महत्व बोकेका र प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने स्थललाई भने प्राथमिकतामा राखिएको छैन्।

Sana Kishan

हिन्दु धर्मावलम्वीहरुले सप्त माताका रुपमा पुज्दै आएका सात देवीहरुको बास भएको स्थान समेत मानिदै आएको सुदूरपश्चिमबाट नै मानव सभ्यताको सुरुवात भएको संस्कृतिका जानकारहरुले बताउदै आएका छन्। सात देवीहरु डिलासैनी भगवती, निङलाशैनी भगवती, मेलौली भगवती, शैलेश्वरी माता, बडिमालिका, उग्रतारादेवी र त्रिपुरा सुन्दरीको बास सुदूरपश्चिममा रहेको विश्वासमा विभिन्न पर्वहरुमा पुजा अर्चना समेत गरिदै आएको छ भने गोदावरी, पर्शुराम, दिल्पेश्वर र बैजनाथ धाम गरी चार धाम समेत सुदूरपश्चिममै रहेका छन्। सात देवीभगवती र चार धामलाई जोडिर धार्मिक पर्यटन सर्किटको रुपमा विकास गर्न सकेमा पर्यटनका माध्यमबाट समृद्ध प्रदेशको नारा पूरा हुने संस्कृतीका जानकार पदमराज जोशीले बताए। उनले सात देवी र चार धामलाई सर्किटको रुपमा विकास गर्न सकेमा विश्व भरीबाट वेद र पुराणमा विश्वास राख्ने मानिसहरु सुदूरपश्चिम दर्शन गर्न आउने विश्वास समेत गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

यसअघि झण्डै एक दशक अगाडी नीजि क्षेत्रको सक्रियतामा भएको अध्ययनले सात देवी भगवती र चार धामलाई धार्मिक पर्यटन प्रवद्र्धनका लागि सर्किटको रुपमा विकास गर्न सकिने देखाएको थियो। तर राज्य स्तरबाट पहलकदमी नहुदा उक्त अवधारणले मुर्त रुप लिन सकेको छैन् भने धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नाममा सांसद र मन्त्रीहरुले समुदाय र जाती विशेषका मन्दिरमा करोडौँको लगानी गरिरहेको छ। उक्त कुरालाई धेरैले सांसद र मन्त्रीले कार्यकर्ता खुसि बनाउने माध्मम बनाएको बताउदै आएका छन्। तर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भने सात देवी भगवतीका मन्दिर र चार धामको पर्यटन प्रवद्र्धनका लागिकाम भइरहेको दावी गरिरहेको छ। मन्त्रालयका सूचना अधिकारी यज्ञमूर्ती खनालले सातदेवी र चार धामका लागि बजेट छुट्याईएको दावी गरे।

Dirghayu Ads

तर पर्यटन मन्त्रालयले उपलब्ध गराएको सूचनामा भने अछामको वैजनाथ पर्यटकिय क्षेत्रमा पूर्वाधार विकासका लागि संग्राहालय निर्माण गर्ने, डडेल्धुराको पर्शराम धाम, महारुद्र भगवती मन्दिर मेलौली संरक्षण गर्ने र डोटीको शैलेश्वरी मन्दिर संरक्षण बाहेक अन्य योजना समावेश गरिएको छैन्। पर्यटन मन्त्रीको गृह जिल्ला समेत रहेको बैतडीमा ३ करोड २० लाखमा समुदाय विशेष र जाती विशेषका ६७ वटा मन्दिर निर्माण हुने भनिएका बेला सात देवी भगवती मध्ये त्रिपुरा सुन्दरी, निङ्लासैनी र डिलासैनी मन्दिरका हकमा योजना नै समावेश नगरिएको पाईएको छ।
दिनेश खबरबाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.