सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यूट्युबर गौतमको पक्राउ ‘प्रशासनिक अधिकारको दुरुपयोग’

काठमाडौं – मेमे नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका प्रणेश गौतमको पक्राउलाई ‘प्रशासनिक अधिकारको दुरुपयोग’का रुपमा लिइएको छ। नेपाली फिल्म ‘वीरविक्रम २’ को समीक्षाका नाममा कलाकारलाई ‘गालीगलौज’ र ‘अपमानजनक व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेका हुन्। चलचित्रको समीक्षा गर्दैमा अपराधका रुपमा चित्रण गर्ने र कारबाही गर्ने हो भने यो विधा नै नरहने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालका अनुसार कलाकारहरूको इज्जत प्रतिष्ठामा आँच पु-याउने कार्य गरेकाले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीका अनुसार सो युट्युब च्यानलमा अपशब्द प्रयोग गरेका कारण साइबर अपराधमा कारबाही गर्न लागिएको हो। काठमाडौं जिल्ला अदालतको आदेशले गौतमलाई अनुसन्धानका लागि थुनामा राखेको महाशाखाका प्रवक्ता ढकालले बताए। फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले गौतमका विरुद्ध प्रहरीमा उजुरी गरेका थिए।

Sana Kishan

चलचित्रको समीक्षा गरेकै आधारमा पक्राउ गर्नु भनेको ‘प्रशासनिक अधिकारको दुरुपयोग’ भएको साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्यालले बताए। ‘यो प्रशासनिक अधिकारको दुरुपयोग हो,’ उनले नागरिकसँग भने, ‘चलचित्रको समीक्षा गर्दा न फौजदारी न देवानी दायित्व नै हुन्छ।’ चलचित्रको समीक्षा गर्ने विभिन्न तरिका हुन्छन्, त्यसमध्येको एउटा तरिका उनले अपनाएको तर्क गर्दै अधिवक्ता अर्यालले भने, ‘कसैले व्यंग्यात्मक तरिका अपनाउन सक्छन्। यसका आआफ्नै मोडल हुन्छन्।’

World Link Ads
Mahakali Polytechnic

‘यसैका आधारमा फौजदारी अभियोग लगाउँदै पक्राउ गर्ने हो भने चलचित्र समीक्षा भन्ने विधा नै रहँदैन,’ अर्यालले भने, ‘यसबाट विद्युतीय कारोबार ऐनको समेत उल्लंघन भएको छैन।’ अर्यालका अनुसार विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार गौतमको समीक्षाले प्रचलित कानुनले रोकेका काम गरेको देखिएको छैन।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.