सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वाह विराट ! ‘प्रशंसकले अस्ट्रेलियाका खेलाडी विरुद्ध हल्ला मच्चाएपछि माफी मागे’

विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच खेल भयो, जसमा भारत ३६ रनले विजयी भयो । भारतको जितमा शिखर धवनको सतकका साथै कप्तान विराट कोहलीले पनि ८२ रनको योगदान गरे ।

कप्तान कोहलीले आफ्नो टोलीलाई त जिताए नै उत्कृष्ट खेल मर्यादाको पनि प्रदर्शन गरे, जसका कारण अहिले उनको प्रशंसा भइरहेको छ ।

Sana Kishan

खेलका दौरान भारतीय टोलीका प्रशंसकले अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथविरुद्ध हल्ला मच्चाएका थिए । खेलपछिको पत्रकार सम्मेलनमा उनले स्मिथविरुद्ध हल्ला मच्चाउनु गलत भएको भन्दै प्रतिवाद गरे ।

World Link Ads
Mahakali Polytechnic

त्यसपछि कोहली अस्ट्रेलियन खेलाडीहरु रहेकै ठाउँमा पुगेर स्मिथलाई भेटेरै भारतीय प्रशंसकका तर्फबाट माफीसमेत मागे । ‘म चाहन्न कि भारतीय प्रशंसकले विश्वसामु गलत उदाहरण स्थापित गरुन् । यस्तो गर्नु अनुचित हो,’ कोहलीले भने ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.