सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेलानको स्थापना दिवसका अवसरमा वेदकोटमा निःशुल्क रगत परीक्षण

कञ्चनपुर– मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल(मेलान)ले कञ्चनपुरको बेदकोटको एक सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क रक्त समुह परीक्षण गरेको छ ।

आइतबार मेलानको १४ औँ स्थापना दिवसका अवसरमा मेलान कञ्चनपुरले बेदकोट नगरपालिका–९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयका विद्यार्थीको रक्त समुह परीक्षण गरेको हो । मेलान कञ्चनपुरका उपाध्यक्ष केशवदत्त जोशीले स्थापना दिवसका अवसरमा कक्षा ९र १०मा अध्ययनरत विद्यार्थीको रक्त समुह परीक्षण गरेको बताए ।

Sana Kishan

उपाध्यक्ष जोशीका अनुसार कुनैबेलामा समेत काम लाग्ने भएकाले अहिल्यै रक्त समुह परीक्षण गरिएको हो । १ सय ५२ जना मध्ये ५ जना विद्यार्थीको मात्रै नेगेटिभ समुह आएको थियो । बेदकोट नगरका मेयर अशोक कुमार चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको मेलान कञ्चनपुरका अध्यक्ष हरि प्रशाद बोहरा सभापति रहेका थिए ।

World Link Ads
Mahakali Polytechnic

मेलान कञ्चनपुरका पदाधिकारी सहित शिक्षक विद्यार्थीको समेत सहभागिता रहेको थियो । रक्त समुह पहिचान भएपछि अत्यावश्यक सहित विभिन्न कामका लागि रक्तदान गर्न सकिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.