सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

३ कलाकारसहित मलेसियामा ३२ नेपाली पक्राउ

अध्यागमन कानुन उल्लंघन गरेको आरोप

जेष्ठ २६, क्वालालम्पुर — मलेसियामा आयोजना हुने भनिएको एक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।

एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन् । मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावैदेखि खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ ।

कार्यक्रम आयोजना गरिएको स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुतावासका अनुसार अध्यागमनको नियन्त्रणमा रहेकामा २० जना पुरुष र १२ जना महिलाहरु छन् । ईदको अवसरमा आयोजना गरिएको उक्त सांगीतक कार्यक्रम शुरु हुनु अगावैदेखि सादा पोशाकमा आएका प्रहरीले सहभागीहरुमाथि धरपकडगरेका थिए ।

Dirghayu Ads

दुतावासले पक्राउ परेका नेपालीहरुको अवस्था बुझी रिहाइ अथवा सुरक्षित फिर्तीको पहल गर्ने तयारी भइरहेको छ ।

‘हामीले उक्त घटनाबारे मलेसियाको अध्यागमन विभागसाग जानकारी मागेका थियौ, ३२ जना नेपालीहरु नियन्त्रणमा रहेको जानकारी पाएका छौं । अब सोमबार कार्यालयहरु सुचारु भएपछि आवश्यक पहल गर्छौं,’ मिनिस्टर काउन्सिलर कुमारराज खरेलले भने ।
साभार कान्तीपुर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.