सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा नगरपालिकाको ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु

२६ जेठ
टीकापुर : कैलालीको लम्की- चुहानगरपालिका- ४ कौवापुरमा ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।लम्की-चुहानगरपालिकाको अनटेस्ट ट्याक्टरको ठक्‍करबाट वडा नं. ५ चौंरीकी २९वर्षीया भूमी भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sana Kishan

इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारीअनुसार कौवापुरको जंगलबाट दाउरा ल्याएर फर्किंदै गरेकी भुसाललाई ट्याक्टरले ठक्‍कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

भुसालको मृत्यु भएपछि स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका छैनन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.