सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुख्यमन्त्री राईलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव !

खोटाङ– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन्।

‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो। छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन्।

कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्नेक्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिए। उनको भनाईलाई कार्यक्रममा सहभागीले चाख मानेर सुनेका थिए।

World Link Ads
Sana Kishan

‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ। यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ। उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ’, जिसस सदस्य विश्वकर्माले भने, ‘बरु कलिया (लमी) गर्न परे म आफै गरौंला।’

खाल्लेमा आयोजित सहभोज कार्यक्रममा धारण राख्दै जिसस सदस्य चर्चबहादुर बिश्वकर्मा ।

सहभोज कार्यक्रममा सहभागी अन्य अतिथिले जातीय विभेदको अन्त्य ‘आफू’बाट सुरु गर्नुपर्ने धारणा राखेका थिए। जातीय विभेदका विरुद्धमा सचेतना अभिबृद्धिका लागि सहभोजको आयोजना गरिएको जिसस प्रमुख बबी चामलिङले बताए।

कार्यक्रम समापन जिल्लामा मुख्यमन्त्रीको विवाहका विषयमा विश्वकर्माको प्रस्तावमा चर्चा सुरु भएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close