सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित

२६ जेठ, काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ ।

श्निबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे ।

Sana Kishan

खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को गोल गरेपछि टर्की २–० गोलले अघि रहेको थियो । पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको टर्कीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

World Link Ads
Mahakali Polytechnic

यता, फ्रान्सले भने गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहारेको हो । त्यस्तै, युरोकप छनोटअन्तर्गत नै अर्को खेमा जर्मनीले बेलारुसलाई २–० गोलअन्तरले पराजित गरेको छ । अर्को खेलमा इटालीले ग्रिसमाथि ३–० गोलको जित निकाल्दा सान मारियोमाथि रसियाले ९–०, क्रोएसियाले वेल्सलाई २–१ र बेल्यियमले कजाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.