सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बसभित्रै ‘किस’ नगरेको भन्दै लण्डनमा तेस्रोलिंगीमाथि आक्रमण

लण्डन : संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि आक्रमण भएको छ ।

लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

Sana Kishan

उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको कुरा पिंक न्युज नामकाे अनलाईनले समाचार बनाएकाे छ । उनीहरु उक्त स्थानमा पर्खेर बसिरहेका थिए वा पछ्याउँदैआए भन्नेबारे आफू प्रष्ट नभएको जियोमोनाटले बताइन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।

World Link Ads
Mahakali Polytechnic

चारजनाको समूहले आक्रमण गरेपछि उक्त तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.