सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको तल्लोस्वराडका एक जनाको भारतमा हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ। बैतडीको तल्लोस्वराडका लोकेन्द्र चन्दको हत्या भएको बैतडी प्रहरीले जनाएको छ। बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले भारतको पिथौरागढ जिल्लाको बृहत ग्राम गैना गाँउमा चन्दको हत्यो भएको बताए। जेठ ६ गते हत्या गरिएको भएपनि चन्दलाई उडीयारी जंगलमा लगेर गाडेको र शुक्रवार स्थानीय महिलाले चन्दको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।

चन्दको हत्या गरेको आरोपमा पिथौरागढका निरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ। चन्द भारतमा मजदुरी गर्दै आएका थिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.