सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

यी खानेकुराहरु भुलेर पनि खाली पेटमा नखानुहोस् , विष बराबर हुन्छ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २२, २०७६
1 min read

कसैको बानी हुन्छ विहान बेडमै चिया पिउने । कतिपय विहान काम गर्ने व्यक्ति खाली पेटमा जे पायो त्यहि खाएर निस्कछन् । तर हामीमध्ये धेरैलाई थाहा छैन होला, कुनै खाना खाली पेट खानु भनेको विष सेवन गर्नुजस्तै हुन्छ ।

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

केही यस्ता खाना छन् जसलाई खाली पेट खाँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

मसालेदार खाना

बिहान–बिहानै ब्रेकफास्टमा स्पाईसी वा धेरै पिरो खानेकुरा कहिले खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स

सफ्ट ड्रिङ्स विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । त्यस बाहेक पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

चिसो पेय पदार्थ

खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स । यसले तपाइको पेटको मुकस मेम्ब्रेन अर्थात् पेटको पाचन क्रियामा सक्रिय कोषलाई हानी पुर्याउन सक्छ ।

खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसैले तपाई मनतातो पानी अथवा ग्रीन टी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नु हुन्छ ।

अमिलो फल

खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ । उसो त यसले तपाईलाई फाइबर र फ्रुक्टोज प्राप्त हुन्छ तर तपाईको पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले यी फल खाली पेट नखानुस् ।

चिया–कफी

खाली पेट चिया र कफी पिउनु पनि तपाईको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । चिया तथा कफि पिउनाले तपाईलाई एसिडिटी पनि हुन सक्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ ।

यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

कतिपय स्वास्थ्यवर्द्धक कुरा पनि खाली पेटमा खानु हुँदैन

स्वास्थ्यवर्द्धक भनिएका कुराहरु पनि समय र अवस्थाको ख्याल नगरी खाएका उल्टै स्वास्थ्यमा हानी पुर्याउँने हुन सक्छन् । भनाई नै छ, मह पनि बढि खाए तितो हुन्छ । यो त भयो मात्रामा होस पुर्याउँनु पर्ने कुरा । त्यस्तै गरि मात्रासँगै समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ । यहाँ हामीले त्यस्तै खानेकुराहरुको सूचि बनाएका छौँ जुन स्वास्थ्यका लागि फाइदाकारी नै छन् तर समयको सम्बन्धमा होस नपुर्याए स्वास्थ्यमा हानी पुर्याउँछन् ।

यसैले तपाईले पनि यी खानेकुराहरु खाली पेटमा खाँदै हुनुहुन्छ भने आफ्नो बानीमा सुधार गरेर आफ्नो स्वास्थ्यमा फाइदा पुर्याउँन सक्नु हुनेछ ।

ग्रीन टि

हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

चिनी

त्यसै पनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

खर्बुजा

खर्बुजामा भिटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानी खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानी खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

केरा

केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसले गर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खाली भएको बेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खाली पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

सखरखण्ड

सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाती पोल्ने समस्या देखापर्छ ।

दुध

प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ । खाली पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

टमाटर

खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुहोस् ! मिल्नेछन् यी फाइदाहरु

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

प्राय: जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

आन्द्रामा फ्लस

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

पानी पिउँदा याद गर्नु पर्ने कुराहरु

यो शिर्षक पढ्दैमा तपाईलाई आश्चर्य लाग्न सक्छ तर पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुराहरु तथा बानी व्यवहारहरु सुधार्न सके धेरै फाइदाकारी हुन्छ । हामी धेरै जसोको बानी हुन्छ कम पानी पिउँने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा निकै पानी पिउँने । तर के हामीले पिएको पानीले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याएको छ त ? कसरी पानी पिउँदा स्वास्थ्यमा फाइदा पुग्छ ?

१. बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउँनुहोस् ।

२. खाना खानु भन्दा आधा घण्टा अगाडी र खाना खाएको एक घण्टा पछि सम्म पानी नपिउँनुहोस् ।

३. पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउँनुहोस् । बरु चिया पिए जस्तो गरेर सिप लिदै पिउँनुहोस् ।

४. उभिएर कहिलै पनि पानी पिउँनुहुदैन ।

५. चिसो र असाध्यै तातो पानी कहिलै नपिउँनुहोस् । सँधै मनतातो पानी पिउँनुहोस् ।

६. दिनभरीमा कम्तिमा ३ लिटर पानी पिउँनुहोस् ।

७. सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउँनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

सिफारिस

मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
स्वास्थ्य

सुत्नु अघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्ने गर्छ गम्भीर असर !!

बैशाख ६, २०७८
4
स्वास्थ्य

काचो प्याज खानुका यस्ता छन फाइदाहरू !!

बैशाख ६, २०७८
7
अर्को

क्यान्सरबाट बच्न माछाको बोसो ! एकचाेटी पढाैँ

ईको क्लब अफ मोर्निङ ग्लोरीद्धारा वृतित्वकला प्रतियोगिता

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In