सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतका समर्थकले रंगशालामा आगो लगाएपछि….

सन् १९९६ को छैटौं विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए । कोलकाताको इडेन गार्डेन रंगशालामा आयोजक भारत र श्रीलंकाबीच सेमिफाइनल खेल भएको थियो । रंगशाला भारतीय समर्थकले खचाखच भरिएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले आठ विकेट गुमाएर २५१ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने अत्यन्तै निराशाजनक प्रदर्शन गर्‍यो । भारतले केवल आठ रनको कुल स्कोरमा ओपनर ब्याट्सम्यान नवजोत सिद्धुलाई गुमाएको थियो । त्यसपछि अर्का ओपनर सचिन तेन्दुलकर र सञ्जय मान्जरेकरले टोलीको स्कोरलाई ९८ रनसम्म पुर्‍याए । ६५ रन बनाउँदै तेन्दुलकर दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएपछि भने भारतीय समर्थक आक्रोशित बन्न पुगे ।

Sana Kishan

त्यसपछि एकपछि अर्को गर्दै लगातार भारतको विकेट खस्न थाल्यो । केवल १२० रनमा भारतको आठौं विकेट खसेपछि घरेलु समर्थकले धैर्य गुमाए । त्यसपछि भारतीय समर्थक नाराबाजीमा ओर्लिए । उनीहरूले रंगशालामा तोडफोड गरे, आगो लगाए अनि मैदानमा बोतल फाल्न थाले ।

World Link Ads
Mahakali Polytechnic

सोही कारणले खेल स्थगित हुन पुग्यो र श्रीलंकालाई विजयी घोषित गरियो । उक्त खेलमा क्लाइभ लोयड म्याच रेफ्री थिए । खेल स्थगित हुँदा भारतका विनोद काम्बली १० र अनिल कुम्बले शून्य रनमा क्रिजमा थिए । उक्त विश्वकपको उपाधि पनि श्रीलंकाले नै जित्यो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.