सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीलंकाको संघर्षपूर्ण जित, अफगानिस्तान ३४ रनले पराजित

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा श्रीलंका विजयी भएको छ । वर्षाले प्रभावित खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको हो ।

१८७ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई ३२.४ ओभरमा १५२ रनमा समेट्दै श्रीलंकाले जित निकालेको हो । श्रीलंकालाई विजयी बनाउन नुवान प्रदीपले उत्कृष्ट बलिङ प्रदर्शन गरे । ८ ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर ४ विकेट लिए । यस्तै लासिथ मालिंगाले पनि ३ लिए ।

यसअघि ३३ ओभरमा श्रीलंकाले ८ विकेटको क्षतिमा १८२ रन बनाएर खेल्दै गर्दा कार्डिफमा पानी पर्न सुरु भएको थियो । लगातारको वर्षापछि करिव तीन घण्टा रोकिएको खेल ४१ ओभरमा छोट्याइएको थियो । श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । ४१ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले डकवर्थ लेभिस नियमअनुसार १८७ रनको नयाँ लक्ष्य पाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

अफगानिस्तानको पालीमा नाजिबुल्ला जाडरनले ४३, हजरातौल्लाह जाजईले ३०, कप्तान गुलबदिन नाइबले २३ र मोहमद नाबीले ११ रन बनाए । श्रीलंकाका इसुरु उदाना र थिसारा परेराले एकएक विकेट हात पारे ।

Dirghayu Ads

यसअघि सोफया गार्डेन्समा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान दिमुथ करुणारत्ने र कुसल परेराले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले आक्रामक रुपमा ब्याटिङ गर्दा श्रीलंकाले प्रतिओभर १० रनभन्दामाथिको रनरेटमा रन बनाएको थियो ।

Sana Kishan

१३.१ ओभरमा कप्तान करुणारत्ने मोहमद नाबीको बलमा आउट भए । त्यसपछि ब्याटिङमा आएका लाहिरु थिरमाने र कुसल परेराले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै २१.१ ओभरमा १४४ रन बनाएका थिए । २१.२ ओभरमा नाबीको बलमा थिरमाने बोल्ड भएपछि उच्च स्कारेतर्फ लम्किएको श्रीलंकाको दशा सुरुभयो यसै ओभरमा नाबीले लगातार ३ विकेट लिए । थिरमानेपछि क्रिजमा आएका कुशल मेन्डिस २ र एन्जेलो म्याथुज शून्य रनमै आउट भए ।

त्यसपछि श्रीलंकाले लगातार विकेट गुमाएको थियो । करुणारत्नेले ३० रन बनाए । यसैगरी कुसल परेराले ७८ रनको पाली खेले । लामो समय क्रिजमा टिकेका उनले ८१ बलमा आठ चौका हिर्काए । यस्तै लाहिरु थिरिमानेले २५, सुरंगा लकमलले १५ र इसुरु उदानाले १० रन बनाए ।

अफगानिस्तानका मोहमद नाबीले चार विकेट लिए । यसैगरी दौलत जाडरन र रासिद खानले दुई÷दुई विकेट लिए । हमिद हसनले पनि एक विकेट हात पारे ।

सुरुमा आक्रामक ब्याटिङ गरी श्रीलंकामाथि सहजै जित निकाल्ने संकेत देखाएको थियो । अफगानिस्तानको पहिलो विकेट लिएपछि श्रीलंका खेलमा फर्किएको हो । त्यपिछि अफगानिस्तानका ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।

श्रीलंका यसअघि न्युजिल्यान्ड र अफगानिस्तान अस्ट्रेलियासँग पराजित भएको थियो ।

अफगानिस्तानका रासिद खानको विकेट लिएपछि खुसी मनाउँदै श्रीलंकाका नुवान प्रदीप र धनञ्जय डी सिल्भा ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.