सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षाको पहिरन विवादपछि संजोगले लेखे–‘म कठिन समयमा तिमीलाई माया गर्नेछु’

नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा उनले लगाएको पहिरनको धेरै नै ट्रोल भयो । कतिपय ट्रोलले वर्षाको व्यक्तिगत जीवनमा समेत असर पर्ने देखिएको छ । वर्षा राउतले गतबर्षको फागूणमा मात्र नायक संजोग कोइरालासँग बिबाह गरेकी हुन् । बिबाहपछि नायिका वर्षा राउत संभवत पहिलो पटक विवादमा फसिन् ।

तर, वर्षाका लागि केही अप्ठ्यारो बनेको यो परिस्थितीमा उनका श्रीमान् संजोग कोइराला भने उनीसँगै उभिएका छन् । संजोगले फेसबुकमा लेखेको स्टाटसबाट पनि यो कुरा पुष्टी हुन्छ । संजोगले वर्षाका लागि लेखेका छन्–‘म तिमीलाई प्रोत्साहन गर्छु, सम्मान गर्छु । म तिमीलाई साथ दिन्छु र तिम्रो लडाइमा छेउमै उभिनेछु । म संघर्ष र कठिन समयमा पनि तिमीलाई माया गर्नेछु ।’

Sana Kishan

संजोगले अगाडि लेखेका छन्–‘म तिमीलाई जस्तोसुकै परिस्थितीमा पनि आनन्दित तुल्याउनेछु र एकसाथ हाम्रो समय अगाडि बढाउनेछु ।’ संजोगले अन्तिममा लेखेका छन्–‘तिमी सधै सही कुरा भन्न र गर्न सक्दिनौ, यो ठिक छ । तिमी यहाँ पूर्ण हुनका लागि होइन, वास्तविक हुनका लागि छौ ।’

World Link Ads
Mahakali Polytechnic

संजोगले वर्षासँगको तस्बिर शेयर गर्दा उनीप्रति आफ्नो अथाहा प्रेम दर्शाएका छन् । श्रीमान्को यो खालको साथ र मायाले वर्षालाई बजारमा चल्ने विवादले ठूलो असर नगरेको वुझ्न सकिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.